नेपाल र चीनको कोरला नाकामा एक सय पच्चिस कन्टेनर

बाढीपहिरोले चीनतर्फका नाका बन्द हुँदा लामो समयदेखि नाकामै रोकिएका सामान मुस्ताङको कोरला नाकामा भित्रिन थालेका छन्। रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि नेपाल ल्याउनका लागि कोरला नाकाबाट सामान भित्रिन थालेका गोरखापत्र अनलाइनले लेखेको छ।

दुई महिनादेखि बाढीपहिरोका कारण रसुवा र तातोपानी नाका बन्द रहेका छन्। रसुवा र तातोपानी नाका बन्द भएपछि विकल्पका रूपमा हालै सञ्चालनमा ल्याएको कोरला नाकाबाट आयात बढ्न थालेको हो। रोकिएका सामान आउन थालेपछि कोरला नाकामा चहलपहल बढ्न थालेको छ।

मुस्ताङ भन्सार कार्यालयका भन्सार अधिकृत रमेश खड्काले कोरला नाकाबाट नेपाल सामान ल्याइएका १२५ वटा कन्टेनर आएको जानकारी दिनुभयो। सामान आएर भिड लागेको छ, थापाले भन्नुभयो, “नेट नभएका कारण सामानको भन्सार पास गर्न कठिन भएको छ।” नेट आउनेबित्तिकै भन्सार पास गरेर सामान पठाउने उहाँले जानकारी दिनुभयो। आइतबारदेखि नै सामान पठाइने प्रयास भए पनि भन्सार पास र राजस्वको भुक्तानी अनलाइनबाट हुने हुँदा नेटको समस्याले पठाउन कठिन भएको उहाँको भनाइ छ।

दसैँलक्षित ल्याएका तयारी पोसाक, जुत्ताचप्पल र विद्युतीय गाडी बढी आएको उहाँले जानकारी दिनुभयो। नाकामा गत मङ्गलबारदेखि नै सामान आउन थालेको कार्यालयले जनाएको छ।

असार २४ मा आएको बाढीका कारण रसुवागढी र तातोपानी नाका बन्द भएपछि व्यवसायीले कोरला नाकाबाट सामान नेपाल ल्याउन लागेका हुन्। नेपाल समुद्रपार पैठारी सङ्घका अध्यक्ष शिवकुमार अग्रवालले दुवै नाकामा एक हजार पाँच सय कन्टेनर सामान रोकिएको जानकारी दिनुभयो।

लामो समयदेखि नाका बन्द हुँदा दसैँलक्षित ल्याएका सामान नेपाल भित्र्याउन नपाउँदा व्यवसायीलाई ठुलो क्षति भएको जानकारी दिनुभयो।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button