कुलमानलाई हितेन्द्रले दिए सामाजिक संजालमार्फत बधाई

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङलाई बधाई दिएका छन् ।

सोमबार मन्त्री नियुक्त भएका घिसिङलाई शाक्यले मंगलबार सामाजिक संजालमार्फत बधाई दिएका हुन् । शाक्यले भनेका छन्, ‘उर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयां नेपालको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ । सफल कार्यकाल र उत्तरोतर प्रगतिका लागि हार्दिक शुभकामना साथै संपूर्ण उर्जा क्षेत्रकै सफलतासहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु ।’

सरकारले गत चैतमा कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरी शाक्यलाई नियुक्त गरेको थियो ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button