सत्ताको रोडम्याप सार्वजनिक गर्ने ऊ को हो?

# यादव देवकोटा

चिनियाँ दूतावासले नयाँ बर्षको कार्यक्रम गर्न काठमाडौं महानगरसँग स्थान माग्दा पदीय मर्यादा र कुटनीतिक सीमा बिपरित बालेनले चिनियाँ दूतावासलाई किन लल्कारेको होला भनेर आश्चर्य लागेकै थियो।

कतै बालेन चीन विरोधी शक्तिकेन्द्रद्वारा परिचालित पो हुन् कि भन्ने शंका भएपनि त्यो आशंकाको हदमा मात्रै सिमित थियो।
यूथ काउन्सिलको कन्स्पिरेसी भएपनि त्यसलाई जोड्ने डटहरु कसैले सार्वजनिक गरेको अवस्था थिएन।

अहिले बालेनको सार्वजनिक पात्रको रुपमा जेनजी आन्दोलन हाइज्याक गरेर अघि सारिएका सुदन गुरुङको संस्था हामी नेपालले तिब्बतियन रेफ्यूजी फण्डबाट सहयोग लिएको र बालेन/सुदनले अघि सारेको सुशीला कार्की प्रधानमन्त्री बन्नासाथ आजसम्म कसैले नपाएको कथित तिब्बती सरकार र तिब्बति प्रधानमन्त्रीको शुभकामना प्राप्त हुनु आश्चर्यजनक छ।

सबैलाई थाहै छ, दलाई लामा र फ्रि तिब्बत मुभमेन्टलाई कसको ब्याक अप छ।

अब यो डटहरु जोडौं त यूथ काउन्सिलदेखि, चिनियाँ दूतावासलाई लल्कार्ने हुँदै फ्री तिब्बत मुभमेन्टद्वारा फण्डेड बालेनको पब्लिक कमाण्डर र दलाई लामाको शुभकामना सम्म।

यो कन्स्पिरेसी मात्रै हो कि एउटा देश सिध्याउने परिचालित पोट्रेट पनि हो?

अघिल्लो दिनको आन्दोलन मेरो होइन, म आउन मिल्दैन भन्नेले देशलाई खरानीको थुप्रोमा परिणत गरेपछि आफैं सत्ताको स्केच लिएर संसद विघटन र सेनासँग वार्ताको रोडम्याप सार्वजनिक गर्छ र प्रमाणित गर्छ – आन्दोलन उसको थिएन, बितण्डा उसको थियो।

अघिल्लो दिन जेनजीको आन्दोलनमा पानी बाँड्ने स्वयंसेवक बनेर गएको पात्रलाई भोलिपल्ट बितण्डा मच्चाएर देशलाई खरानीको थुप्रोमा परिणत गरेपछि जेनजीको प्रतिनिधि बनेर अघि सारिन्छ र सैनिक नेतृत्वसँग बार्ता गर्न पठाइन्छ।

सिंहदरवार जलाउनुपर्छ भन्ने भाष्यको आगो मानिसको दिमागमा सल्काएको पात्र आफुले सल्काएको हिस्टेरियाको सिकार भएकाहरुले साँच्चै नै सिंहदरबार जलाएपछि एक ट्यांकर पानीसम्म सिंहदरबारमा नखन्याइ सदन विघटन र सेनासँग वार्ताको रोडम्याप सार्वजनिक गर्छ। यदि आन्दोलन उसको थिएन भने सत्ताको रोडम्याप सार्वजनिक गर्ने ऊ को हो?

जसबाट परिचालित रोडम्याप थियो त्यो ?

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button