महाशक्तिको खेलमा नेपाल: अमेरिका-चीन सम्बन्ध र क्षेत्रीय अस्थिरताको प्रभाव

# मदन रेग्मी, वरिष्ठ कुटनीतिज्ञ
विश्वव्यापी घटनाक्रम अहिले द्वन्द्वात्मक देखिन्छ भने पनि अमेरिका र चीनको सम्बन्ध महत्त्वपूर्ण मोडमा पुगेको छ। यी दुई महाशक्तिबीच व्यापार र प्रविधि जस्ता क्षेत्रहरूमा प्रतिस्पर्धा कायम छ, तापनि दुवै देशको हितमा रही नजिकको भविष्यमा सम्झौताहरू सम्भव देखिन्छन्। यसको निम्ति दुवै देशका नेताहरूले लामो र सकारात्मक वार्ता गरिसकेका छन्। तथापि, दक्षिण चीन सागर जस्ता विषयमा अमेरिकाले चीनको दावीलाई अझै पूर्ण रूपमा स्वीकार गरेको छैन।
यस बीचमा, क्षेत्रीय शक्ति भारतले गम्भीर आन्तरिक चुनौतिहरूको सामना गरिरहेको छ। अत्यधिक ऋणको बोझ, अमेरिकी H-1B भिसा नीतिमा कडाइ, र पाकिस्तानसँगको तनावपूर्ण सम्बन्धले गर्दा यसको अवस्था जटिल बनेको छ। भारतको आन्तरिक राजनीतिमा पनि कट्टरवादी हिन्दू संगठनहरूको प्रभाव बढ्दो छ, जसले देशभित्र र बाहिर दुवै क्षेत्रमा ध्रुवीकरणलाई बढावा दिईरहेका छन्। यसको प्रभाव नेपालमा पनि स्पष्ट देखिन्छ, जहाँ यी संगठनहरू सक्रिय रूपमा संलग्न छन्।
नेपालको वर्तमान राजनीतिक अस्थिरता, जसलाई ‘जेनजी आन्दोलन’ को नामले चिनिन्छ,ले देशलाई गृहयुद्धको संघारमा पुर्याएको छ। यो आन्दोलन मूल रूपमा भ्रष्टाचार विरुद्ध सुरु भए तापनि विभिन्न बाह्य तथा आन्तरिक शक्तिहरूले यसलाई आ-आफ्नो हितको लागि उपयोग गर्न खोजेका छन्। हतियार लुटिएको घटनाहरूले देशमा सुरक्षाको गम्भीर संकट उत्पन्न गरेको छ। यस्तो अवस्थामा, नेपालको शान्ति र स्थिरताको लागि चीन र अमेरिकाको रचनात्मक भूमिका अत्यावश्यक छ। आगामी APEC जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले आफ्नो स्थिति राख्न सक्ने अवसर छ।
अन्त्यमा, नेपालको संप्रभुताको रक्षा गर्नु हाम्रो सबैको दायित्व हो। सेनाले राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न ठोस भूमिका खेल्नुपर्छ। साथै, देशभित्रका राजनीतिक शक्तिहरूले पनि एकजुट भई राष्ट्रहितलाई प्राथमिकता दिनु जरुरी छ। नेपाललाई कुनै पनि बाह्य शक्तिको ‘खेलको मोहरा’ बन्न दिँदैन। देशको शान्ति र स्थिरताको लागि सबैले मिलेर काम गर्नु नै एकमात्र उपाय हो।
(लेखक: चीन अध्ययन केन्द्रका अध्यक्ष तथा वरिष्ठ पत्रकार हुनुहुन्छ। उहाँको फेसबुक पेजबाट साभार गरिएको हो।)





