ठूला दलका मुख्य नेतालाई जतिसक्दो चाँडो बिदा गर्नुपर्छः महासचिव भूसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले जेनजी आन्दोलनले उठाएको मागअनुसार अहिलेका मुख्य नेताहरुलाई जतिसक्दो चाँडो छिटो बिदा दिनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासचिव भूसालले जेनजीको माग अनुसार अहिलेका मुख्य नेताहरुलाई जतिसक्नदा छिटो बिदा दिनुपर्ने बताएका हुन् ।

उनले आजसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाएर स्रोत नखुलेको सबै सम्पत्ति राष्ट्रियकरण गर्ने सङ्कल्प गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘जेनजीले समेत उठाएको एउटा मुख्य माग अहिलेका मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनुपर्छ, त्यसले दलहरुभित्र र समाजमा उत्पन्न गर्ने नयाँ आशा र विश्वासका साथ पार्टीहरुको पुनर्गठनलाई तीव्र पार्नु पर्छ । संविधान जारी भएपछि आजसम्मको राजनीतिक अभ्यासको स्वेतपत्र जारी गर्नुपर्छ । कम्तिमा आजसम्म सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाएर स्रोत नखुलेको सबै सम्पत्ति राष्ट्रियकरण गर्ने सङ्कल्प गर्नुपर्छ ।’

यस्तै, उनले आगामी दश वर्षमा काम गर्ने उमेरका सबै नेपालीले रोजगारी पाउने र भ्रष्टाचार नहुने सुशासनयुक्त राज्यका साथ समाजवादको आधार तयार गर्ने ठोस कार्यक्रम अगाडि ल्याउनु पर्ने पनि बताए ।
देशमा हुन सक्ने त्रासदीपूर्ण सम्भावनालाई रोक्न वामपन्थी आन्दोलनका सबै इमान्दार राजनीतिकर्मीहरुले तत्कालै सक्रियता लिनुपर्ने पनि उनको भनाई छ ।

उनले भने, ‘समाजले बहिष्कार गरेको नेतृत्व बोकेर पार्टीहरु जनतामा जान सक्ने छैनन्, निर्वाचनभन्दा अगाडि नै संविधान संशोधनको मुद्दा उठाउनेहरुको स्वर चर्को हुँदै जानेछ, तथाकथित परम्परा र राष्ट्रवादका नयाँ पुराना शक्तिले सामाजिक लफङ्गाहरुलाई सङ्गठित गर्ने प्रयास गर्ने छन्, अनेकौं सामाजिक मुद्दा लिएर पपुलिष्ट तथा अराजकहरु सडकमा देखिन थाल्नेछन् । उपरोक्त त्रासदीपूर्ण सम्भावनालाई रोक्न वामपन्थी आन्दोलनका सबै इमान्दार राजनीतिकर्मीहरुले तत्कालै सक्रियता लिनु पर्छ ।’

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button