अख्तियार प्रमुखको राजीनामा माग्दै अख्तियार मुख्यालय अगाडि जेनजीको प्रदर्शन

काठमाडौं । जेनजी युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग्दै प्रदर्शन गरेका छन् ।
उनीहरुले मंगलबार बिहान टंगालस्थित अख्तियार मुख्यालय अगाडि सडकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले नैतिकताको आधारमा अख्तियार प्रमुख राईले राजीनामा दिनुपर्ने बताएका छन् ।
जेनजी युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै आएका छन् ।
Nepal Samaj





