राजावादी समूहले पूर्वराजा ज्ञानेन्द्रलाई तेस्रो पटक राजा घोषणा गर्न माग गरेको छ

काठमाडौं । राजावादीहरूको एक समूह शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक देशको राजा घोषणा गर्न माग गरेको छ ।
संस्थाले आज रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनबाट पूर्वराजाको पक्षमा आवाज उठाएको हो । उनीहरूले ज्ञानेन्द्रले बाहेक अरू कसैले देश जोगाउन नसक्ने दावी गर्दै जेन-जी पुस्ता, आम नागरिक र राजा एकताबद्ध हुनुपर्ने राय व्यक्त गरेका छन् ।
पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष पशुपति खड्का, केन्द्रीय अभियन्ता पवन बुढाथोकी लगायतका पदाधिकारीहरू उपस्थित रहेको जनाइएको छ ।
यसअघि पनि विभिन्न राजावादी समूहहरूले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको पुनर्स्थापनाको माग गर्दै आएका छन् ।





