ली छ्याङ र कोरियाली मजदूर पार्टीका महासचिव एवम् राज्य मामिलाका अध्यक्ष किम जोङ ऊनबीच भेटघाट

अक्टोबर ९ तारिख अपराह्न चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका स्थायी सदस्य एवम् चीनका प्रधानमन्त्री ली छ्याङले प्योङयाङस्थित कोरियाली मजदूर पार्टीको केन्द्रीय समितिमा कोरियाली मजदूर पार्टीका महासचिव एवम् प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको राज्य मामिलाका अध्यक्ष किम जोङ ऊनसँग भेटघाट गर्नुभएको छ।

भेटका क्रममा, ली छ्याङले महासचिव किम जोङ ऊनलाई महासचिव सी चिनफिङले व्यक्त गर्नुभएको हार्दिक अभिवादन र शुभकामना सुनाउनुभयो। ली छ्याङले गत सेप्टेम्बर महिनामा महासचिव किम जोङ ऊनले चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासीवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा भाग लिन पेइचिङ आउनुभएको बेलामा महासचिव सी चिनफिङसँग भेटवार्ता गर्दै चीन र उत्तर कोरियाको सम्बन्धका लागि ब्लुप्रिन्ट कोर्नुभएको पनि बताउनुभयो।

ली छ्याङले चीनले उत्तर कोरियासँग उच्च स्तरीय आवत-जावत र रणनीतिक आदान-प्रदान बढाउने, परम्परागत मित्रताको प्रचार-प्रसार गर्ने, व्यावहारिक सहकार्यलाई सबल पार्ने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा समन्वयलाई घनिष्ठा पार्ने, बहुपक्षीय सहकार्य बढाउने, बहुपक्षीयताको दृढताका साथ संरक्षण र पालना गर्ने आशा लिएको कुरामा जोड दिनुभयो।

किम जोङ ऊनले महासचिव सी चिनफिङको नेतृत्वमा चीनको समाजवादी निर्माणले ठूलो उपलब्धि हासिल गरेको भन्दै उत्तर कोरिया र चीनको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धलाई सुदृढ पार्नु र विकास गर्नु कोरियाली मजदूर पार्टी र सरकारको दृढ अडान भएको र यो दुई पक्षको साझा हितसित अनुकूल भएको तथा क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि हितकर भएको बताउनुभयो। साथै किम जोङ ऊनले उत्तर कोरियाले एक चीन नीतिको समर्थन गरेको, “थाइवानको स्वतन्त्रता”को विरोध गरेको, हङकङ, सिन्च्याङ, सिचाङ मामिलामा चीनको अडानको समर्थन गरेको दोहोर्याउनुभयो। उहाँले उत्तर कोरियाले चीनसँग उच्च स्तरीय आवत-जावतलाई घनिष्ठ पार्ने, विभिन्न क्षेत्रको सहकार्यलाई प्रबर्द्धन गर्ने, आफ्नो समाजवादी कार्यको विकासलाई अगाडि बढाउने, दुई मुलुकका जनताका लागि लाभ दिने आशा लिएको व्यक्त गर्नुभयो।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button