प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ : रमेश लेखक

काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा आफूले सुरक्षा निकायले गोली चलाउन आदेश नदिएको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले यस्तो बताएका हुन् । उनले आन्दोलनकारीमाथि गोली चलाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफूले आदेश नदिएको बताएका हुन् ।

‘दुःखद घटना भएपछि भदौ २३ गते गृहमन्त्री पदबाट मैले राजीनामा गरेको थिए । आन्दोलनका क्रममा बल प्रयोग गर्ने विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गरेको भन्ने विषय उठेका छन्,’ लेखकले भने, ‘यसमा प्रधानमन्त्रीज्यू र मबाट गोल प्रहारको कुनै आदेश भएको छैन ।’

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button