सरकारले सुरक्षाकर्मी फिर्ता बोलाएपछि वाईसीएलको सुरक्षामा प्रचण्ड

काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि उनको सुरक्षामा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)खटिएको छ ।

काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि उनको सुरक्षामा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)खटिएको छ ।
गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेका पूर्वपदाधिकारीहरूको सुरक्षा निकायले तत्काल फिर्ता बोलाउने निर्णय गरेको थियो ।
वाईसीएलका अध्यक्ष पुष्प ओलीले संयोजक प्रचण्डको सुरक्षामा वाईसीएल टोली खटिएको बताएका हुन् । ‘पछिल्लो परिस्थितिमा उहाँलाई सुरक्षा थ्रेट हुनसक्ने भएकाले हामीले आवश्यकता अनुसारको संख्यामा वाईसीएल टोली खटाएका छौं,’ उनले भने ।
अब नेपाल प्रहरी र सशस्त्र प्रहरीका थोरै सुरक्षाकर्मी प्रचण्डको सुरक्षामा खटिने र बाँकी सुरक्षा वाईसीएल र पूर्व जनमुक्ति सेनाले गर्ने भएका छन् ।
Nepal Samaj