जेनजी समूहबीच नै विवाद भएपछि राष्ट्रपतिसँगको छलफल स्थगित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी समूहहरुसँग गर्ने भनिएको बैठक सोमबारलाई सारिएको छ । आज गर्ने भनिएको छलफलमा सहभागी हुने प्रतिनिधिबारे जेनजी समूहमा विवाद भएपछि छलफल सोमबारका लागि सारिएको हो ।

राष्ट्रपति पौडेलको आह्वानमा बोलाइएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की मन्त्री र जेनजी समूहका प्रतिनिधि सुदन गुरुङ, प्रवेश दाहाल, मिराज ढुङ्गाना मात्र सहभागी भएपछि जेनजीका अन्य समूहले राष्ट्रपति कार्यालय शीतल निवास बाहिर नाराबाजी गरेका थिए ।

त्यसपछि बैठक स्थगित गरिएको हो । आगामी निर्वाचनमा केन्द्रित भएर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेताबीच शुक्रबार राष्ट्रपति भवनमा छलफल भएको थियो ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button