नयाँ मन्त्रीका रूपमा प्रचारित टासी ल्हाजोमको नागरिकता छानबिन गर्न जेनजीको माग

काठमाडौं । नयाँ मन्त्रीका रूपमा प्रचारित टासी ल्हाजोमको नागरिकता छानबिन गर्न कर्णाली प्रदेश जेनजीले माग गरेको छ ।

उनको नागरिकता र फ्री तिब्बत अभियानसँगको सम्बन्धलाई लिएर कर्णाली प्रदेश जेनजीले छानबिन गर्न माग गरेको हो ।

कर्णाली जेनजी संयोजक सुप्रिया शाहीले विज्ञप्ति जारी गरी टासी ल्हाजोमको नागरिकताको विवाद रहेकाले त्यस सम्बन्धि विषयमा तत्काल छानबिन गर्न माग गरेकी हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘टासी ल्हाजोम (फ्री तिब्बत अभियानसम्बन्धी कुनै गतिविधि वा राजनीतिक अभियानमा संलग्नताको अपुष्ट समाचार प्राप्त भएको हुँदा) नेपाल–चीन सम्बन्धका सन्दर्भमा संवेदनशीलता कायम राखी, कुनै अन्तर्राष्ट्रिय प्रभाव वा संलग्नता भए स्पष्ट पारियोस् ।’

त्यस्तै जेनजीले आन्दोलनमा टासी ल्हाजोमको सहभागीता तथा योगदान र कर्णाली प्रदेशका स्थानीय मुद्दा र विकासका क्षेत्रमा उनका योगदानबारे पारदर्शी जानकारी सार्वजनिक गर्न माग गरेको छ ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button