राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।शनिबार राष्ट्रपति निवास शीतल निवासमा जनेजी प्रतिनिधिहरुसँगको छलफलमा बसिरहेकै बेला अस्वस्थ भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

त्यहाँ एक दिन उपचार भएपछि उनलाई आइतबार डिस्चार्ज गरिएको सेन्टरले जनाएको छ। शनिबार नै सेन्टरले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको थियो।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button