अन्तर्राष्ट्रिय शक्तिविरुद्ध स्वतन्त्र जेन जीको आन्दोलन

जेन जीको नाममा अन्तर्राष्ट्रिय शक्तिहरु सक्रिय भएको जनाउँदै स्वतन्त्र जेन जी समूह नेपालले आन्दोलनको घोषणा गरेको छ । आउँदो कात्तिक १५ गतेदेखि हुने आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान गरिएको छ ।
एनजीओ–आईएनजीओको आँखाले देश गम्भीर मोडमा पुगेको समूहले जनाएको छ । ‘दूतावासको दबाबमा चलाइँदै छ सरकार । देशमा एनजीओ–आईएनजीओहरुको आँखा लागेको छ, सरकार दूतावासहरुको चलाइरहेको छ । देश गम्भीर मोडमा पुगेको छ । जेनजीको नाममा अन्तर्राष्ट्रिय शक्तिहरु सक्रिय भएका छन्,’ जारी विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनको क्रममा ‘हामी नेपाल’ संस्थाका ३८ वर्षीय सुदन गुरुङ स्वयंसेवकको भूमिकामा पानी बाँड्ने व्यक्ति मात्र भएको उल्लेख गरिएको तर ‘जेन जीको उमेर समूहभित्र नपर्ने उनै आज वास्तविक जेन जीलाई ओझेलमा पारेर कसरी मन्त्री पद बाँड्ने भान्से भए र डाडु पनिउ आफ्नै हातमा लिए ?’ भनेर सोधिएको छ ।
यस्ता परिचालित व्यक्तिहरु, एनजीओ आइएनजीओ तथा दूतावासबाट परिचित अदृश्य शक्तिहरुले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमाथि गम्भीर खतराको परिस्थिति उत्पन्न गराएको समूहको ठहर छ ।v
Jana Aastha





