एक दर्जन मुलुकबाट राजदूत फिर्ता, भारतमा यथावत

सरकारले झण्डै एक दर्जन मुलुकका राजदूत फिर्ता पठाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूतलाई  आगामी कात्तिक २० भित्र नेपाल फर्कन निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार चीनका कृष्णप्रसाद ओली, जर्मनीका लागि शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी, र जापानका डा. दुर्गाबहादुर सुवेदी हुन् ।

यसअघि केपी शर्मा ओली नेतृत्वरको सरकारले नियुक्त गरेका विभिन्न देशका राजदूतहरुलाई फिर्ता बोलाइएको सरकारको भनाई छ । अघिल्लो सरकारले भावबण्डाको आधारमा नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाइएको दाबी छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button