भारतसँगको यो सम्झौताले जिबी राईलाई ल्याउन बाटो खुल्यो

विद्युत परियोजना र संयुक्त कम्पनी स्थापनाअन्तर्गत इनरुवा–कुणिया ४०० केभी अन्तरदेशीय प्रसारण लाइन र दोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल–भारत दुबै भूमिमा दुई संयुक्त कम्पनी स्थापना गरिनेछ । यसमा नेपाल विद्युत प्राधिकरणबाट क्रमशः १ अर्ब र २ अर्ब रुपैयाँको पुँजी लगानी स्वीकृत गरिएको छ ।
नेपाल–भारतबीच पारस्परिक कानुनी सहायता सम्झौता स्वीकृत गरिएको छ । यसबमोजिम अन्य मुलुकसँग पनि आवश्यकताअनुसार फौजदारी मामिलामा सम्झौता गर्न पाइनेछ ।
नेपाल–भारतबीच पारस्परिक कानुनी सहायता सम्झौता स्वीकृत गरिएको छ । यसबमोजिम अन्य मुलुकसँग पनि आवश्यकताअनुसार फौजदारी मामिलामा सम्झौता गर्न पाइनेछ ।
चीन,जर्मनी,इजरायल,मलेसिया, कतार,रूस,साउदी अरब,स्पेन, संयुक्त राज्य अमेरिका र जापानमा तैनाथ राजदूतहरूलाई २०८२ कात्तिक २० भित्र नेपाल फिर्ता बोलाउने निर्णय पनिब गरिएको छ ।
आजैको बैठकले वरिष्ठ हुँदा हुँदै पछि पारिएका न्याय सेवा,राजपत्रांकित प्रथम श्रेणीका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई विशिष्ट श्रेणीमा बढुवा गरी न्याय परिषदको सचिव पदमा नियुक्त गरेको छ । सरकारी वकिल समूहका उद्धवप्रसाद पुडासैनीलाई पनि विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिव बनाइएको छ ।
Jana Aastha





