आज अन्तर्राष्ट्रिय समुदायलाई प्रमद्वारा सम्बोधन, लोकतन्त्र र विकासको बाटोमा दृढ प्रतिबद्धता जाहेर गर्ने

काठमाडौं, शुक्रबार। अन्तरिम सरकार गठनको एक महिनापछि प्रधानमन्त्री सुशीला कार्कीले आज शुक्रबार काठमाडौंमा रहेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूलाई सम्बोधन गर्न लागेकी छिन्। यस कूटनीतिक ब्रिफिङमा युरोपियन युनियन लगायत २६ मुलुकका राजदूतहरू सहभागी हुनेछन्।

सरकारले आफ्नो घरेलु र बाह्य नीतिका प्राथमिकताहरूबारे स्पष्टता ल्याउन आयोजना गरिएको यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय सहयोगीहरूसँगको सकारात्मक सम्बन्धको महत्वपूर्ण चरणको रूपमा हेरिएको छ। प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा लोकतन्त्र, समावेशीकरण र विधिको शासनप्रति सरकारको दृढ प्रतिबद्धता जाहेर गर्नेछिन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, “जेन–जी आन्दोलनपछिको परिस्थिति र सरकारका प्राथमिकताबारे प्रधानमन्त्रीले कूटनीतिक समुदायलाई जानकारी दिनेछिन्।”

प्रधानमन्त्री कार्कीले सरकारले सुशासनलगायतका विषयमा गर्दै आएका कार्यहरू र आगामी योजनाहरूबारे पनि अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउनेछिन्। आगामी २१ फागुनमा हुने चुनावका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग र समर्थनको अपेक्षा पनि सम्बोधनमा रहनेछ।

सरकार गठनको छोटो समयभित्रै प्रधानमन्त्री कार्कीले भारतीय, चिनियाँ र अमेरिकी राजदूतहरूसँग छलफल गरी अन्तर्राष्ट्रिय सम्बन्धहरूमा गतिशीलताको संकेत दिइसकेकी छिन्। आजको यो कूटनीतिक ब्रिफिङले नेपालको विदेश नीतिमा नयाँ गतिको सुरुवात गर्ने देखिन्छ जसले गर्दा देशको अन्तर्राष्ट्रिय छवि सुदृढ हुने अपेक्षा छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button