अर्जुन ज्ञवालीको चीन विरोधी कालो अनुहार !

# पासाङ ल्हामु

गाली शिरोमणिको रुपमा नेपाली समाजमा आफ्नो स्थान बनाएका अर्जुन ज्ञवालीको व्यक्तिगत जीवनका विषय कमैलाई थाहा छ। उनी आफ्नो व्यक्तिगत विषयमा त्यति खुल्न चाहँदैनन। ललीतपुरको ग्वार्कोमा बस्दै आएका ज्ञवालीले आफ्नो घर नभएको मात्र बताउँदैनन्। सालाको घरमा बसेको भन्दछन्। उनको श्रीमतीको नाममा रहेको उक्त घरमा छोरी सहित ज्ञवालीको परिवार बस्दै आएको छ।

जीवनमा कसैलाई पनि एक कप चिया समेत नखुवाउने ज्ञवालीले ललीतपुरमा घर कसरी बनाए भन्ने विषय शंकाको घेरामा रहेको छ। खर्चको विषयमा उनी आफै कपिलवस्तुबाट आउने चामलले निर्वाह गरेको बताउने गरेका छन्। कपिलवस्तुमा खान पुग्ने पुर्खौली सम्पति रहेको बताउने ज्ञवालीको जीवनका धेरै पाटाहरु अध्याँरा छन्। अरुको टाउकामा भएको जुम्रा समेत केलाउन खोज्ने ज्ञवाली सधै आफ्नो विषयमा भने मौन बस्न मन पराउँछन्। यसको पछाडिको एउटा कारण हो उनले बाँचेको जीवन बाँच्ने स्रोत समेत कालो छ ।

जीवनमा देखिने गरी कमाउने काम भने उनले कहिल्यै गरेनन्। मसालको कार्यकर्ताको रुपमा मोहन विक्रम सिहंले उनलाई भारतको नजिक लगे। सिहं जीवनभर भारतको नजिक रहेका नेता हुन। काठमाडौं आएपछि सिंहले लगाइदिएको बाटोमा अघि बढ्दै गर्दा ज्ञवालीको भेट केशरजंग रायमाझीसँग भयो। रायमाझी तत्कालिन सोभियत संघले नेपालमा चीनको बिरुद्धमा प्रयोग गर्न खडा गरेका व्यक्ति थिए। भारतको नजिक रहेका ज्ञवालीले रायमाझीको संगतमा चीनको विषयमा जासुसी गर्न थाले।

सन १९६२ को लडाइपछि भारतको सम्बन्ध चीनसँग लगभग शीतयुद्धभर पानी बाराबारको भयो। तत्कालिन सोभयत संघले नेपालमा राखेका एजेन्टहरुको साझा लक्ष्य थियो, भारतको स्वार्थको पक्षमा काम गर्ने। यहि साझा लक्ष्यका कारण भारतको आग्रहमा सोभियत संघले नेपाललाई संयुक्त राष्ट्र संघको सदस्य बन्नबाट रोकेको थियो। त्यतिबेला चीन सोभियत संघको सम्बन्ध भने राम्रो थियो। चीन आजको जस्तो शक्तिशाली नभएका कारण अरु विश्वको चासो भन्दा आन्तरिक विकासमा केन्द्रित भएको समय थियो।

सिंहको स्कुलीङ्ग अलि कडा हुन्छ। जीनवभर एउटै आदर्शमा अडिएका नेपालका शायद एकमात्र नेताको रुपका माेहनविक्रम सिंह एक्ला पात्र हुन। उनको भारत प्रतिको लगाव यति बलियो थियो कि हालै नेपालका पूर्वराष्ट्रपति विद्यादेवीको पक्षमा बक्तव्य निकालेर भारतीय लाइन के हो भन्ने प्रष्ट पारीदिने काम पनि उनै सिंहले गरेका थिए। सिंहले हालेको जगमा रायमाझीले गारो लगाउने अवसर पाएपछि ज्ञवाली कस्को पक्षमा काम गर्न खडा गरीएका पात्र हुन भनिरहन पर्दैन। ज्ञवालीको दिमागमा त्यहि कुरा भरिएको छ जुन उनका गुरु सिंह र रायमाझीले हालिदिएका छन्।

रायमाझीको छोरा दिलिप रायमाझी नेपाली सेनामा कार्यरत थिए। उनी डिएमआइमा रहँदा ज्ञवालीलाई नेपाली सेनाको संयन्त्रसँग जोडे। काठमाडौंमा खर्च चलाउन धौ धौ भएको अवस्थामा रायमाझीको आग्रहलाई छोरा दिलिपले टार्न नसकेपछि ज्ञवालीले नयाँ जिम्मा पाए। साथमा रायमाझीको नाममा विभिन्न पत्रिकामा लेख लेखे वापत आएको पैसा पनि ज्ञवालीको भागमा आउँथ्यो। रायमाझीसंगको संगतले उनलाई पूर्व पञ्चहरुको नजिक पुर्यायो। उनीहरुको साथले दरवारसम्म उनको सम्बन्ध जोडियो।

खर्च चलाउन सजिलो होस भनेर डा प्रकाशचन्द्र लोहनीले ज्ञवालीको श्रीमतीलाई नेपाल बंगलादेश बैंकमा काम गर्ने वातावरण निर्माण गरे। छोरीलाई इन्जिनियर बनाउन आवश्यक शुल्क भने ब्रिफकेसको विषयमा मोलमोलाई गरेर भक्तपुरतिरका एक नेतालाई तिराए। पूर्व जलस्रोत मन्त्री दिपक ज्ञवाली र राप्रपाका नेता बुद्धिमान तामाङको घरमा धाएर छोरीलाई बुटवल पावर कम्पनीमा जागिर खुवाए। गैर सरकारी संस्थाका मात्र होइन पश्चिमाको सधै विरोध गर्ने उक्त कम्पनी इसा इमिसन अन्तर्गत आएको युनाइटेड मिसन टु नेपालले बनाएको थियो। पछि नर्वेले उक्त कम्पनी किन्यो। अहिले उक्त कम्पनीमा मिसनको एक दशमलव ३७ प्रतिशत सेयर रहेको छ।

हरेक युट्युव भिडियोमा ज्ञवालीले इसाइहरुको विरोध गर्दछन्। इसाइहरुको विरोधमा उनले किताब समेत लेखेका छन्। नेपालमा इसाइकरणको आरोपमा उनले धेरै व्यक्तिहरुको नाम सार्वजनिक गरीसकेका छन्। उनको छोरी भने मज्जाले इसाइ लगानी भएको कम्पनीमा जागीर खान्छिन। नेपालको स्वास्थ्य क्षेत्रको माध्यमबाट धर्म फैलाउने उद्धेश्यका साथ युनाइटेड मिसन टु नेपालले नेपालका धेरै क्षेत्रमा काम गर्दै आएको छ। पश्चिमाको विरोध गर्ने ज्ञवालीको छोरीले काम गर्ने उक्त कम्पनीमा अहिले पनि नर्वेजियनहरुको एक दशमलव ५८ प्रतिशत लगानी छ।

आफुलाई नरहरी नाथको चेला भएको बताउने ज्ञवालीले नरहरीनाथ ट्रष्टको हर्ताकर्ता बन्ने प्रयास गरेका थिए। तत्कालिन युवराज पारस शाहका साथि प्रवञ्जन बहादुर सिंह योगी व्याग्र वेदनाथ बनेर मृगस्थलीमा रहेको नरहरीनाथको आश्रममा बस्न आएपछि ज्ञवाली इसाइको प्रवेस पवित्र संस्थामा भएको भन्न थाले। पूर्व प्रहरी प्रमुख हेमबहादुर सिंहका छोरा प्रवञ्जनसँग पारसले बुढानीलकण्ठ स्कुलमा संगै पढेका थिए। बेलायत सरकारले बनाइदिएको उक्त स्कुल समेत ज्ञवालीको अाँखामा इसाई उत्पादनको कारखाना ठहरीएको छ।

नरहरिनाथले लेखेको सन्धिपत्र संग्रह भन्ने किताब भने ज्ञवालीले बागबजारको एक प्रकाशनले छाप्ने गरी टाइप गर्न लगाएका थिए। कपि राइटको लफडामा पर्ने डरले उक्त प्रकाशन पछि हटेका कारण उक्त किताव पुन: प्रकाशन हुन सकेको छैन। ज्ञवालीले भने म भएपछि के को कपिराइटको कुरा भन्दै प्रकाशकलाई उचाल्दै आएका छन्।

भारत, सेना र पश्चिमाः
नेपालमा एउटा प्रचलन जस्तै छ, फलानो फलानो देशको दलाल। दलाल भन्ने शव्दलाई सजिलो बनाउने काम मात्र होइन हुँदै नभएका मानिसलाई फलानाको भन्ने काम ज्ञवालीको दैनिकी भित्र पर्दछ। अभियन्ता भरत दाहालसँगको संगतबाट युट्युव सञ्चालनको पाठ पाएका ज्ञवाली अहिले दाहालको विपक्षमा समेत हात धोएर लागेका छन्। पछिल्लो समय ज्ञवालीको च्यानल हेर्नेको संख्या समेत कम हुँदै गएको छ। यसको पछाडिको एउटा कारण हो उनको आरोप फलाक्ने शैली र विषयवस्तुमा नविनपनको अभाव। एउटै विषयमा हजारपल्ट भनेपछि सत्य हुन्छ भन्ने सोचका कारण उनको च्यानलले सोचेजति आम्दानी दिन नसक्ने अवस्थामा पुगेको छ।

च्यानलले सोचेजस्तो आम्दानी दिन नसक्ने अवस्था आउन सक्ने आर्थिक संकटले उनलाई तर्साउन थालेको उनी निकटहरु बताउँछन्। ११ लाख रुपैयामा सञ्चालन गरेको होस्टल समेत चलाउन नसकेर उनले संरचना भाडामा लगाएका छन्। नेपाल बंगलादेश बैंकमा करार नथपिएपछि बेरोजगार बनेकी श्रीमतीले आर्थिक रुपमा भरथेग गर्न सक्ने अवस्था छैन। घर बनाउदा लागेको ऋणको भारले थिचिएका ज्ञवाली पछिल्लो समय चर्का भाषण र अरुलाई हुँदै नभएको आरोप लगाएर पैसाको व्यवस्थापन गर्न सकिन्छ कि भन्ने सोचमा रहेको बुझिन्छ।

जीवनमा एक कप चियाको पैसा समेत तिर्न नजानेको ज्ञवालीको आफ्नो भन्ने कोहि छैन। साथीभाइहरुको संगतमा केहि तलमाथि भयो भने सार्वजनिक रुपमा गाली गर्ने उनको स्वभावले गर्दा कोही पनि उनीसँग लामो संगत गर्न चाहदैनन। पछिल्लो समयमा भारतसँग नजिक बनाउने मात्र होइन भारतको विषयमा प्रसस्त जानकारी दिने काम गरेका सास्वत शर्मासँग ज्ञवालीको सम्बन्ध यसैगरी बिग्रेको हो। शर्माले रक्सि खाएको समयमा भनेका सवै विषय उनले मिडियाबाट सार्वजनिक गरीदिएका थिए। त्यसपछि भारतीयहरुले उनलाई नजिकको देख्न छाडे।

नेपाली सेनालाई विघटन गरे हुन्छ भन्ने तर्क मात्र होइन नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरुलाई समेत सार्वजनिक रुपमा नालायक भन्ने ज्ञवालीको सम्बन्ध नेपाली सेनाको एउटा समुहसँग मात्र रहेको छ। सेनाकाे विश्वास नगरे पनि ज्ञवाली आफुलाई सेनाको मान्छे भन्न छाडेका छैनन। अहिले पनि उनी हरेक दिन जसो सेनाको फलाना मान्छे भेटेर आएको भनेर चिनेका व्यक्तिहरुलाई भन्छन्। चिनेको मान्छेको तह अनुसार उनले सेनाको अधिकारीको नाम लिन्छन्। हरेक दिन सेनाका अधिकारीले उनलाई भेट्ने विषय आफैमा अपत्यारीलो रहेको छ। बिस्तारै यो विषय पनि पर्दाफास हुँदै जान थालेको देखिन्छ। फलानोसँग फलानो विषयमा कुरा भयो भन्ने तहको विषय सार्वजनिक गर्ने मान्छेलाई सेनाले भेट्छ र उनको कुरा पत्याउँछ भन्ने छैन।

भारत र सेनाको विश्वास सकिएपछि ज्ञवालीको सम्बन्ध अमेरिकासँग जोडियो। हुनत रायमाझीले उनलाई अमेरिकनहरुसँग चिनाएका थिए। सन १९७८ मा, दक्षिणी लेबनानमा इजरायली आक्रमण भयो। आक्रमणपछि इजरायली सेना लेबनानको सीमानाबाट फर्किएको यकिन गर्न त्यहाँ यूनिफिलको स्थापना भयो। यूनिफिलको हिस्सा बनेर रायमाझी त्यहाँ पुग्ने पहिलो मिसनमा समावेश थिए। नेपाली सेना पहिलो मिसनमा जाँदा त्यहाँ इजरायल र यासर अराफातको पीएलओबीच तनाव थियो। पहिलो मिसनमा इजरायलीलाई सहयोग गरेका कारण रायमाझी दोस्रो मिसनमा त्यहाँ खटीए।

आजभन्दा तीन दशक पहिला देखि इजरायलको मार्फत अमेरिकासँग जोडिएका रायमाझीले ज्ञवालीलाई ओढाइ दिएको छाता के थियो भन्नुपर्ने अवस्था छैन। पश्चिमी आवरणबाट काम गर्न अप्ठेरो पर्ने भएकाले उनले केही किताब लेखे। पश्चिमालाई गालि गरे। नेपालमा रहेर पश्चिमालाई सहयोग गर्नेलाई गाली गरेर आफ्ना लागि बाटो खाली गर्ने प्रयास गरे। यो अभियानमा नेपाली सेनाको नाम उनले दुरुपयोग गरे। दरवार हत्याकाण्डको विषयलाई लिएर नेपाली सेना काम नलाग्ने मात्र होइन असफल रहेको तर्क गरीरहे। पश्चिमालाई गालि गर्ने पात्रको मुकुन्डो लगाएका ज्ञवालीलाई पश्चिमासँग मत नमिल्नेहरुले जानकारी दिइरहे। यो मान्छे कस्को शक्तिमा यसरी सवैलाई गालि गर्दछ भन्ने कसैले सोचेन, र खोजेनन् पनि। जसले गर्दा एउटालाई अर्को शक्ति देखाएर ज्ञवालीले आफ्नो धन्दा चलाउदै गए।

चीनलाई गालीको झटारो:
बेला बेलामा चीनलाई सर्मथन गरेको विश्लेषणले ज्ञवाली चीनका नजिक छन् भन्ने भ्रम धेरैलाई थियो। चीनियाँ जनतालाई गुहु खाने हुन र नेपाल स्थित चिनियाँ राजदूताबास सिआईएकाे घेरामा छ, भन्दै गाली गर्न थालेपछि चीनसँग जोडिएको भ्रम पनि च्यातियो। भ्रमको यो पर्दा च्यातिएसंगै उनको विषयमा थप बहस हुन थाल्यो। सवैको केन्द्रमा एउटै प्रश्न थियो, आखिर यो हो को? यो विषयमा माथिको विश्लेषणले को हो भन्ने जवाफ केहि हदसम्म दिएको छ। अर्को विश्लेषणले पनि यो जवाफ दिेनेछ। नेपालमा भएको जेनजेड आन्दोलनपछि अमेरिकाको पक्षमा काम गर्नेहरु एक पछि अर्को गर्दै सार्वजनिक भए। यो भन्दा पहिला ज्ञवालीहरुले प्राज्ञ जगमान गुरुङलाई यसैगरी गाली गरेर बदनाम थिए। राजा जेठमा आउँछन् भन्ने गुरुङ अहिले चर्चामा छैनन।

अब गालीको पालो आयो चीनियाँहरुको। चीनियाँहरुलाई यस्तो समयमा गाली गर्न थालियो जुन समयमा नेपालमा अमेरिकाको संयन्त्रले काम गर्न छाडेको थियो। अमेरिकन लगानीमा सञ्चालित संस्थाहरु एक पछि अर्को गर्दै सार्वजनिक हुन थालेका छन्। जेनजेड आन्दोलनमा कसले लगनाी गर्यो मात्र होइन अमेरिकासँग जोडीएर कसले काम गर्यो भन्ने समेत सार्वजनिक भैसकेको थियो। भारतको अवस्था पनि अमेरिकाको पछि पछि थियो। चीनको संयन्त्र मात्र सार्वजनिक भएको थिएन। त्यतिमात्र होइन जेनजेड पछिको परिवर्तनको विषयमा चीनको धारणा के हो भन्ने विषय समेत धेरैलाई थाहा थिएन। छिमेक सम्बन्धमा आँच पुर्याउनु हुँदैन भन्ने चीनियाँ नीतिले यहाँ काम गरेको थियो।

यो अवस्थामा अमेरिकनहरुलाई एउटा डर थियो, हाम्रो संयन्त्र कमजोर भएको अवस्थामा नेपालमा चीनको उपस्थिति ह्यात्तै बढ्छ कि भन्ने। यस्तो समयमा ज्ञवालीले चीनलाई गाली गर्न थाले। चीनको पक्षमा रहेका भनिएका व्यक्तिहरुलाई एक पछि अर्को गर्दै विभिन्न जासुसी संयन्त्रमा रहेको विश्लेषण गर्न थाले। यसको पछाडिको एउटा कारण थियो, नेपालमा चीनको पक्षमा काम गर्नेहरुलाई सिध्याउने। सार्वजनिक रुपमा पश्चिमाको मान्छे भएको प्रचार भएपछि ति मान्छेहरुलाई चीनले कार्वाही गर्दछ भन्ने उनको विश्वास छ। कार्वाही पछि नेपालमा चीनियाँहरु रहँदैनन र उनीहरूको प्रभाव सकिन्छ। त्यसपछि अमेरिकालाई सहज वातावरण बन्छ भन्ने अमेरिकन सोचलाई ज्ञवालीले मज्जाले प्रयोग गरे। अर्को शव्दमा ज्ञवालीलाई यो विषयमा बोल्न लगाइयो। उनीहरुले लगाएको काम उनले मज्जाले गरे र गरिरहेका छन्। यस्तो गरिरहँदा आफ्नो धोति खुस्किएको थाहै पाएनन्।

चीन मात्र होइन रुसका दार्सनिक अलेक्जेन्डर डुगिनले ब्याख्या गरेको चौथो ध्रुव शिद्धान्तको व्याख्या गरेर आफु रुसको भएको सन्देश दिन खोजे। रुससँग नजिकिने प्रयासलाई रुसीहरुले चासो नदिएपछि असफल भयो। यद्यपि उनी दार्सनिक अलेक्जेन्डर डुगिनको गुणगान भने गाउन छोडेका छैनन। सवैलाई लडाएर आफु रमिता हेर्न रुचाउने ज्ञवालीको स्वभाव हो। यो स्वभावले अब लामो समय भने काम नगर्ने देखिन्छ। नेपालमा उनको विषयमा धेरैलाई जानकारी भैसकेको छ। अझै केहि थप विषयहरु सार्वजनिक भएपछि ज्ञवालीका बारेमा प्रश्न गर्ने ठाउँ भने सदाको लागी सकिने छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button