प्रेममा अन्धो बनेपछि मोडलले खन्याइन् पेट्रोल

भनिन्छ,संसार चलेकै प्रेमले हो । तर त्यही प्रेमका विभिन्न आयाम बुझ्न सकिएन भने कस्तो हविगत हुन्छ,बाबुल गिरी र नितु पौडेललाई हेरे पुग्छ ।

गायिका तथा मोडल नितु यतिबेला कीर्तिपुरस्थित बर्न सेन्टरको आईसियुमा छिन् । हिजो अनामनगरस्थित याम तिलक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी उनलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीले बर्न सेन्टर पुर्याएको थियो । अहिले उनको अवस्था गम्भीर छ ।

अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार नितुको घाँटी,छाती,थाइ र दुवै हात जलेका छन् । ‘अवस्था सिरियस छ, आइसियुमा राखेर उपचार गरिरहेका छौँ’,ती चिकित्सकले जनआस्थासँग भने, ‘रिकभर हुन धेरै टाइम लाग्नसक्छ, रिकभर भए पनि दाग जाँदैन ।’

३० वर्षीया नितुले आखिर किन आफ्नै शरिरमा आगो लगाउने प्रयास गरिन् त ? जानकार स्रोत भन्छ, ‘बाबुलसँगको प्रेम सम्बन्धको कारण अहिलेको अवस्था आयो ।’

बताइएअनुसार सिन्धुपाल्चोक घर भएका बाबुल र नितु केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर पछिल्लो समय भने उनीहरुको सम्बन्धमा खटपट आएको निकटस्थ स्रोत बताउँछ । नितुले ‘बिहे गरौँ’ भन्दै आएकोमा बाबुलले टार्दै आएको बताइन्छ । ‘बाबुल स्टुडियोमा काम गरिरहेको बेला उनी आएकी थिइन्’, जानकार स्रोतले भन्यो, ‘आफू भनेको भएन भने बाबुलकै अगाडि जलेर मर्छु भन्ने तयारी रहेछ ।’

केही समय बाबुलसँग विवाद भएपछि नितुले शरिरमा आगो लगाएकी थिइन् । तर प्रहरीले समयमै उद्धार गरेर अस्पताल पुर्याएपछि उनी बाँचेकी हुन् । नितुको शरिरमा लागेको आगो निभाउने क्रममा बाबुल र स्टुडियोका एक कर्मचरीको हातमा समेत सामान्य चोट लागेको बताइएको छ । बाबुलले नितुसँग कहिल्यै बिहे नगर्ने मनाशयले टार्दै आएका हुन् वा केही समयपछि गर्नलाई टार्दै आएका हुन्, त्यो भने खुलेको छैन । साेधपुछकाे लागि अहिले उनलाई  प्रहरीले नियन्त्रणामा लिएकाे छ ।

स्मरणी छ, बाबुल युवा पुस्ताका चर्चित गायक तथा संगीतकार हुन् । ‘सिरुपाते जुगाँमा’, ‘मुटुभित्र खिल छ’, ‘उनभित्र गुण’सहित दर्जनौ हिट गीत दिएका उनले पछिल्लो चलचित्रका गीतहरु निर्माण गरिरहेको देखिन्छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button