माधवले उत्तरसँग जोडेको सम्बन्ध

सन २००९ मै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका पालामा उत्तरी छिमेकी मुलुक चीनसँग कायम रहेको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने सहमति गरिएको थियो । तर,त्यसपछि बनेका एक दर्जन सरकारले आजसम्म उक्त समझदारी कार्यान्वयनमा चासो देखाएको पाइएन ।

वि.सं. २०६६ जेठदेखि २०६७ माघसम्म प्रधानमन्त्री रहेका नेपालले आफू नेतृत्वको सरकारले गरेको उक्त सहमति दुई मुलुकबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सहयोगी रहेको बताएका थिए ।

नेपाल असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा सबैभन्दा पहिले औपचारिक विदेश भ्रमणको निम्ति इजिप्ट पुगेका थिए । चीन भ्रमणअघि डेनमार्कको कोपेनहेगन गए ।

चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको निम्तोमा चीन पुगेपछि नेपाल नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति हु चिनथाओ र सभामुखसँग औपचारिक भेटवार्ता गरेको थियो । नेपाल संयुक्त राष्ट्रसंघको महासभामा दुई पटक भाग लिन न्यूयोर्क गएका थिए ।

नेपालपछि प्रधानमन्त्री बनेका झलनाथ खनालले छिमेकी मुलुकहरुको भ्रमण गर्ने अवसर पाएनन् ।

भदौ २४ गते अपदस्थ प्रधानमन्त्री केपी शर्मा ओली पनि सत्ता पलटका कारण निर्धारित भारत भ्रमणबाट वञ्चित रहे । उनी एक साताअघि मात्रै चीन भ्रमणबाट फर्केका थिए ।

अहिलेका प्रधानमन्त्री सुशीला कार्कीलाई चिनियाँ समकक्षीबाट औपचारिक रुपमा बधाईसमेत प्राप्त भएको छैन । बरु हालसम्म कसैलाई बधाई दिने आँट नगरेका तिब्बती निर्वासित धर्मगुरु दलाई लामाले कार्कीलाई लिखित बधाई दिएका छन् । लामाको बधाईलाई हालैको जेन जी प्रदर्शन र विध्वंश,फ्रि टिबेट मुभमेन्टका सहभागीहरुको सक्रियता,पश्चिमा महाशक्ति राष्ट्रहरुको चलखेलसँग जोडेर हेरिएको छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button