राजावादी वकिललाई साइबर ब्युरोको फोन

सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यमबाट सनसनीपूर्ण अभिव्यक्ति दिँदै आएका राजावादी वकिल स्वागत नेपाललाई साइबर ब्युरोले सोधपुछका लागि बोलाएको छ ।

उनीविरूद्ध परेको एक उजुरीउपर छानविन तथा अनुसन्धान प्रक्रिया अघि बढाउन ब्युरोले आज फोन गरी बोलाएको हो । अधिवक्ता नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यसबारे जानकारी दिएका छन् ।

आफूलाई ब्युरोबाट फोन आएको र दिउँसो २ बजे उपस्थित हुने जवाफ दिएको उनले बताए । ‘साइबर ब्युरोबाट फेरि उपस्थित हुन फोन आएको छ’, नेपालले लेखेका छन्, ‘म सर्वोच्च अदालतबाट सिधै २ बजे उपस्थित हुन्छु भनेको छु ।’

अन्य कानुन व्यवसायी र मानव अधिकारकर्मीहरू पनि प्रतिरक्षाका लागि आफूसँगै जान लागेको उनले जनाएका छन् । यसअघि कात्तिक ४ गते पनि आफूलाई साइबर ब्युरोबाट बोलावट भएको भन्दै उनले सामाजिक सञ्जालबाट प्रचार गरेका थिए।

नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि जनान्दोलन समिति’ का प्रवक्ता रहेका नेपालका सार्वजनिक अभिव्यक्तिहरू विवादास्पद देखिएका छन् । उनीविरुद्ध प्रधानमन्त्री सुशीला कार्कीमाथि नैतिकताको प्रश्न उठाएकाले उजुरी परेको बुझिएको छ ।

Jana Aastha

 

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button