२५ भाद्र २०८३, बिहीबार

सार्वजनिक सम्पत्ति खरानी बनाउन देशकै गहनाहरु संलग्न

नयाँ नेपाल बनाउने नाममा गत भदौ २४ गते मुलुकका सार्वजनिक सम्पत्ति खरानी बनाउनेमा देशका गहना मानिएकाहरुको एकपछि अर्को संलग्नता भेटिन थालेको छ ।

विध्वंशमा निर्देशक,कवि,कमेन्टेटर, पूर्व फुटबल खेलाडी अमनप्रताप अधिकारी, कलाकार निश्चल बस्नेत र दिपकराज गिरी संलग्न रहेको भन्दै सार्वजनिक भएका फोटो,भिडिओको चर्चा सेलाउन नपाउँदै अन्य कलाकार पनि संलग्न रहेको प्रमाण फेला पर्न थालेको छ ।

लोकदोहोरी गायक तथा इन्द्रेणीका सेलिब्रेटी छत्र शाही र मोडेल तथा कलाकार सुरुची बुढाथोकी जेनजी विध्वंशका क्रममा भएको आगजनी र अराजकतामा संलग्न भएको फोटो र भिडिओ सार्वजनिक भएको छ ।

भदौ २४ गते राष्ट्रिय झण्डा भिरेर सिंहदरबारसहितका सरकारी सम्पत्तिमा आगजनी र प्रहरीका हातहतियार लुटपाट गर्ने भीडमा गायक शाही पनि देखिएका छन् भने नेताहरुलाई भाग्न दिनुहुन्न भन्दै एयरपोर्ट घेराउ गर्न सुरुचीले उकासेको भिडिओ फेला परेको छ ।

उनले भनेकी छन्, ‘गाईजहरु सबै एयरपोर्टतिर जानुपर्यो है,हामी पनि अब एयरपोर्टतिर जान लागिरहेका छौं सबै जना । अब एयरपोर्टमा जानुपर्यो । चोरहरुलाई भाग्न दिनुभएन ।’

मुलुकमा परिवर्तन ल्याउने भन्दै सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड,आगजनी र लुटपाट मच्चाउनेमा कलाकार, खेलाडी, निर्देशक,गायकहरु संलग्न रहेका फोटो, भिडिओहरु एकपछि अर्को बाहिरिन थालेका छन् ।

यसअघि भदौ २४ गते संसद् भवनमा आगजनी गर्ने भीडमा अमन अधिकारी र निश्चल बस्नेत पनि सहभागी भएको फोटो,भिडिओ बाहिरिएका थिए भने काँग्रेस नेता विमलेन्द्र निधिको खरानी भइसकेको घर नजिक दिपकराज गिरीको फोटो सार्वजनिक भएको थियो ।

@suruchibudhathoki

♬ original sound – suruchibudhathoki

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button