मन्त्रीमा प्रस्तावित सुनार काँग्रेस सदस्य, दलितकै रकम हिनामिनाको आरोप

सुशीला कार्की नेतृत्वको गैरदलीय सरकारमा मन्त्रीमा प्रस्तावित खगेन्द्र सुनार नेपाली काँग्रेसको महाधिवेशन सदस्य रहेको खुलेको छ। काँग्रेस क्षेत्रीय निर्वाचन कार्यालयले प्रकाशित गरेको केन्द्रीय महाधिवेशन सदस्यको सूचीमा चौथो नम्बरमा उनको नाम रहेको छ।

दैलेख स्थायी ठेगानाका सुनार खुलातर्फ उम्मेदवार भएर ३४९ मतसहित महाधिवेशन सदस्यमा विजयी भएका थिए । आफूलाई दलित अधिकारकर्मी तथा सामाजिक अभियन्ता दाबी गर्ने उनी फौजदारी अभियोग लागेका व्यक्ति हुन्। सुनारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएकोदेखि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा उनलाई २०८१ असार २१ गते सुर्खेत जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटामाथि हातपात गरेको आरोप खेप्दै आएका छन् ।

अदालतमा असार १४ गते मुद्दा दायर भएकोमा असार २१ गते सात दिने पक्राउ पुर्जी जारी गरिएको थियो। त्यस्तै, उनीविरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा पनि विचाराधीन छ।

सामाजिक सञ्जालमार्फत् जथाभावी अभिव्यक्ति दिने र व्यक्तिको चरित्रहत्या गर्ने उनीमाथि साइबर ब्युरोमा थुप्रै उजुरी दर्ता भइसकेका छन्। दलितहरूको पैसा हिनामिना गरेको भागेको आरोप पनि उनीमाथि लगाइएको छ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button