दुर्गा प्रसाईं सिडिओ कार्यालय जाँदै

मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा उपस्थित हुने भएका छन्। भोलिको छठलगत्तै सरकारविरुद्ध आन्दोलनले सडक तताउने तयारीमा रहेका उनलाई काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरूले आज दिउँसो १ बजे छलफलमा बोलाएका हुन् ।

प्रसाईंका तर्फबाट सामाजिक सञ्जालमार्फत त्यसबारे जानकारी दिइँदै मिडियाकर्मीलाई जिल्ला प्रशासन कार्यालय अगाडि भेला हुन आह्वान गरिएको छ। ‘तीनै जिल्लाका सम्माननीय सिडिओहरूले दुर्गा प्रसाईंज्यूलाई औपचारिक छलफलका लागि बोलाएको हुँदा आज दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालयको गेट अगाडि उपस्थित हुनुहुनेछ,’ फेसबुकमा लेखिएको छ। ‘यस सम्बन्धमा प्रेस, मिडिया र पत्रकार साथीहरूलाई समयमै उपस्थित भई समाचार संप्रेषणमा साथ दिनका लागि हार्दिक अनुरोध गर्दछौँ।’

व्यवस्थाविरोधी प्रदर्शनको नाममा चैत १५ गते तीनकुनेमा बितण्डा मच्चाएका प्रसाईंका सार्वजनिक अभिव्यक्ति र गतिविधिलाई लिएर सुरक्षा निकाय अहिले झन् गम्भीर देखिएको छ। यस सम्बन्धमा हिजो प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूले बालुवाटारमा छलफल गरेका थिए ।

सो क्रममा पहिले प्रसाईंलाई बोलाएर सम्झाईबुझाइ गर्ने, अन्यथा कानुनअनुसार कारबाही गर्ने निष्कर्ष निकालिएको बताइन्छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button