एआईजीलाई आरएसएसको २१ किलोको माला

निरीक्षण काजको नाममा चाडपर्व मनाउन गृहजिल्ला कपिलवस्तु पुगेका नेपाल प्रहरीका एआईजी उमाप्रसाद चतुर्वेदी बधाई थाप्न व्यस्त देखिए । कात्तिक २ गते कपिलवस्तु र ९ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीको निरीक्षण गरेका उनलाई त्यसबीच बधाई थाप्न भ्याईनभ्याई भएको हो ।

कृष्णनगर–१० का स्थानीय चतुर्वेदी कात्तिक ७ गते उद्योग वाणिज्य संघको कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा भारतीय सत्तारुढ पार्टी बीजेपीको मातृ संस्था आरएसएसका नेता रितेश शर्माले २१ किलोको माला लगाएर बधाइ दिएका थिए।

उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्षसमेत रहेका शर्मा उत्तरप्रदेशको सिद्धार्थनगर बढनी नगर पंचायतका आरएसएस नेता पनि हुन्। कृष्णनगर क्षेत्रमा दोहोरो नागरिकताधारीहरूको कमी छैन, तर खुलेआम दुबैतिरको नागरिकको भूमिकामा देखिंदै उनको निकटता एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसम्म रहेको बताइन्छ।

शर्मा पश्चिम नेपालको प्रमुख भारतीय व्यापारिक नाका कृष्णनगर क्षेत्रमा नाम चलेका व्यापारी हुन्। शिवराजस्थित वीरपुरमा उनको मार्बल तथा ग्रेनाइट फ्याक्ट्री छ। नेपालतर्फ एमाले राजनीतिमा सक्रिय भएकै कारण उनी एक वर्षअघि उद्योग वाणिज्य संघको अध्यक्ष बनेका थिए।

स्थानीय स्रोतका अनुसार राजस्थानी मारवाडी शर्मासँग नेपाली वंशज नागरिकतासँगै भारतीय आधारकार्डसमेत छ। उनी व्यापारीको आवरणमा राजनीति गर्ने र उच्च ओहोदाका व्यक्तिसँगको पहुँच देखाउँदै प्रहरी प्रशासन र भन्सारलाई प्रभावमा राख्ने गरेको आरोप लाग्दै आएको छ ।

स्थानीयले उनका दोहोरो नागरिकताको विषयमा तत्काल छानबिनको माग गरेका छन्। शर्मा भने आरएसएसको कार्यक्रममा अतिथिको रूपमा बोलाइएका थिए र आफू शुद्ध नेपाली नागरिक भएको ठोकुवा गरेका छन्। उनले जुनसुकै छानबिनका लागि तयार भएको भन्दै दुई देशबीचको सम्बन्ध सुधार्न र उच्च ओहोदाका अधिकारीको सम्मान गर्नु आफ्नो अधिकार रहेको प्रतिक्रिया दिएका छन्।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button