कसले हान्यो बौद्धनाथको शीरमा रकेट बम ?

जेन जी विध्वंशमा नेपाल प्रहरी र सुरक्षा निकायको मनोबल गिराउँदाको परिणाम गत तिहारमा देखिएको छ । यो वर्ष राजधानी काठमाडौं उपत्यका र अन्य शहर तथा बजारमा तिहारको एक हप्ता शक्तिशाली बमको आवाज आउने पटकाहरु निर्वाध पड्काइएको थियो । मुलुकमा सुशासन,शान्ति सुरक्षा र समृद्धिको वकालत गर्ने जेन जी पुस्ताले नै त्यस्ता प्रज्वलनशील पटाका पड्काएको प्रहरीको निश्कर्ष छ ।

यो वर्ष खुल्लमखुल्ला भारतबाट ल्याइएका त्यस्ता पटाकाले सीमा नाघेको तिहारका रातको आवाज र दृश्यले नै पुष्टि गरेको छ । सोही क्रममा गत सोमबार दिपावलीको क्रममा प्रसिद्ध धार्मिक स्थल बौद्धनाथ महाचैत्यमा रकेट बम (पटका) प्रहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि आक्रोश फैलिएको छ।

काठमाडौं प्रहरी परिसरका अधिकारीहरूले भिडियोको सत्यता र संलग्न व्यक्तिहरू पहिचान गर्न सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा राखिएका भिडियोहरू अध्ययन गरिएको बताएका छन् ।

दीपावलीको रात बौद्धनाथ परिसरतर्फ आकाशमा फ्याँकिएको रकेटजस्तो पटाका सीधै महाचैत्यको छत्रावलीमा ठोक्किएको थियो । धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त पवित्र मानिने बौद्धनाथको शीरमा यस्तो वस्तु प्रहार हुनुलाई आस्थामाथिको गम्भीर अपमानका रूपमा लिइएको छ।

घटनापछि बौद्धनाथ क्षेत्र विकास समितिले उक्त कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिले उक्त कार्यलाई उच्छृंखल र धर्मप्रतिको आघातका रूपमा लिँदै दोषीलाई तत्काल कानुनी कारबाहीको माग गरेको छ। समितिले भनेको छ, ‘यस प्रकारको कार्यले सम्पूर्ण बौद्धमार्गी र धरोहरप्रेमीको मनमा ठेस पुगेको छ।’

यता प्रहरीले उक्त घटनाबारे अनुसन्धान शुरु भएको जनाएको छ। काठमाडौं प्रहरी परिसरका अधिकारीहरूले भिडियोको सत्यता र संलग्न व्यक्तिहरू पहिचान गर्न सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा राखिएका भिडियोहरू अध्ययन गरिएको बताएका छन् ।

स्थानीय बासिन्दा र बौद्ध धर्मावलम्बीहरूले बौद्धनाथजस्ता विश्व सम्पदा सूचीमा उल्लिखित धरोहर स्थल वरपर आतसबाजी,पटका र अन्य जोखिमपूर्ण गतिविधिमा कडा नियन्त्रण हुनुपर्ने माग गरेका छन् । रकेट बम प्रहार गर्ने व्यक्तिको पहिचान खुल्न बाँकी छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button