चीनका परराष्ट्रमन्त्री र अमेरिकी विदेशमन्त्री बीच फोन वार्ता

अक्टोबर २७ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् विदेश मन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री मार्को एन्टोनियो रुबियोसँग फोन वार्ता गर्नुभएको छ।

मन्त्री वाङ यीका अनुसार, चीन र अमेरिकाको सम्बन्धले विश्वको दिशामा प्रभाव पार्छ। स्वस्थ, स्थिर र दिगो द्विपक्षीय सम्बन्ध दुवै देशको दीर्घकालीन हितका लागि अनुकूल हुनुका साथै अन्तर्राष्ट्रिय जगतको साझा अपेक्षासँग पनि मेल खान्छ। राष्ट्राध्यक्ष सी चिनफिङ र राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वस्तरीय नेताहरू हुनुहुन्छ। उहाँहरूबीचको आदानप्रदान र आपसी सम्मान चीन-अमेरिका सम्बन्धको सबैभन्दा मूल्यवान रणनीतिक सम्पत्ति बनिसकेको छ। केही समयअघि, चीन-अमेरिकाबीचको आर्थिक र व्यापार सम्बन्धमा फेरि केही समस्या देखा परेपछि क्वालालम्पुर आर्थिक र व्यापार वार्तामार्फत् दुवैले आफ्नो अडान स्पष्ट पार्नुका साथै समझदारी बढाएर वर्तमान तत्काल आवश्यक आर्थिक र व्यापार समस्याको समाधान गर्न प्रारूप सहमति पाएका छन्। यसले फेरि प्रमाणित गरेको छ, जब दुवै पक्षले दुई देशका राष्ट्रनायकबीचको महत्वपूर्ण सहमति पूर्ण रूपमा कार्यान्वयन गर्छन्, समानता, सम्मान र परस्परिक लाभको भावना अपनाउँछन्, संवादमार्फत द्वन्द्वको समाधान गर्छन् र दबाब दिने गतिविधि त्याग्छन्, तब दुई देशको सम्बन्ध स्थिर र अगाडि बढाउन सम्भव हुन्छ। दुवै पक्ष आपसी दिशातिरजाँदा चीन-अमेरिका उच्च तहको अन्तरक्रियाका लागि तयार गर्ने र दुई देशबीचको सम्बन्ध विकासका लागि वातावरणको तयार हुने आशा उहाँले व्यक्त गर्नुभएको छ।

अमेरिका-चीन सम्बन्ध विश्वकै सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध हो, उच्च तहको अन्तरक्रियाबाट विश्वप्रति सकारात्मक संकेत दिने आशा मन्त्री रुबियोले व्यक्त गर्नुभएको छ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button