उपत्यकाको फोहोर व्यवस्थापनमा अवराेध

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन फेरि ठप्प भएको छ । धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकामा अवस्थित बन्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयहरूले विरोध जनाएपछि उपत्यकाबाट गएका फोहोरका सबै गाडीहरू बीच बाटोमा रोकिएका छन्।

स्थानीयहरुले तीन वर्षअघि काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयन नभएकाले पुनः आन्दोलन गर्नुपरेको बताएका छन् । तीन वर्ष अघिको सहमतिअनुसार बन्चरेडाँडा आसपासका बस्तीहरूमा बाटो मर्मत, स्वास्थ्य सुविधा र क्षतिपूर्ति कार्यक्रम तत्काल लागू हुने भनिएको थियो । तर अहिलेसम्म त्यसको टुङ्गो नलाग्दा थुप्रिएको फोहोरसँगै केन्द्र र स्थानीय तहबीचको अविश्वास अझ गहिरिएको छ।

फोहोर व्यवस्थापनमा अवरोधपछि काठमाडौंका सडकहरूमा फोहोर थुप्रिन लागेको छ । काठमाडौंका मेयर बालेन साहले यसअघि पनि संघीय सरकारको उदासीनताप्रति कडा असन्तुष्टि जनाउँदै फोहोर सिंहदरबारमै पुर्याएर फालिदिने चेतावनी दिएका थिए ।

राजधानीको फोहोर व्यवस्थापन एक जटिल समस्या बन्दै आएको छ । अस्थायी र टालटुले नीतिका कारण राजधानी वरपरका स्थानीय तह र त्यहाँका सर्वसाधारणले बेला बेलामा अवरोध पुुर्याउँदै आएका छन् । महानगरलगायत अन्य स्थानीय तहले यसको समाधानमा खासै रुची देखाएको पाइँदैन ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button