भारतीय स्थलसेना प्रमुख गुञ्जी आइपुगे

भारतीय स्थलसेना प्रमुख उपेन्द्र द्विवेदीले नेपालले आफ्नो भूमि दावी गर्दै आएको गुञ्जी क्षेत्रको भ्रमण गरेका छन् । भारतीय राज्य उत्तराखण्डको पिथौरागढस्थित पाँचशुल ब्रिगेड र कुमाउका विभिन्न सैन्य युनिटको निरीक्षण गर्ने क्रममा उनी सुदूर उत्तरको गुञ्जी पुगेको बुझिएको छ ।
भ्रमणका क्रममा फर्मेसनको सञ्चालन तयारी,प्रविधि प्रयोग,सुरक्षा निकायहरूसँगको समन्वय र राष्ट्रनिर्माणबारे भइरहेका कार्यक्रमबारे जानकारी लिएका थिए ।
उनले सबै तहका सैनिकहरुलाई सम्बोधन गर्दै चुनौतीपूर्ण भौगोलिक परिस्थितिमा पनि देखाइएको उच्च व्यावसायिकता,अनुशासन र तयारीप्रति धन्यवाद ज्ञापन गरे । उनी सेनासँग दिपावली मनाउने क्रममा गत सोमबार उत्तराखण्ड पुगेका थिए ।



Jana Aastha





