दीर्घकालीन राम्रो सम्बन्ध स्थापना गर्नेः ट्रम्पको भनाइ

स्थानीय समय अक्टोबर ३० तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बुसानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ।
ट्रम्पले लामो समयपछि पुरानो मित्रसँग भेट गर्न पाएकोमा खुशी लागेको बताउनुभयो। उहाँले एक आपस बीच अनेकन् सहमतिहरू भइसकेको र हाल अझै धेरै सहमति प्राप्त गर्ने पनि बताउनुभयो। ट्रम्पले राष्ट्राध्यक्ष सी महान देशका महान नेता हुनुहुन्छ पनि भन्नुभयो।
भेटवार्तामा ट्रम्पले भन्नुयो, हामी बीच दीर्घकालीन राम्रो सम्बन्धको स्थापना गर्ने विश्वास मैले लिएको छु। तपाईँ हामीसँग हुनुभनेको अत्यन्तै सम्मानको कुरा हो।
CGTN





