चीन–अमेरिका सम्बन्ध ठूलो जहाज जस्तै स्थिर रूपमा अघि बढाउँदैः सी चिनफिङ

स्थानीय समय अनुसार, अक्टोबर ३० तारिख बिहान, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले दक्षिण कोरियाको बुसानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्नुभएको छ।
सो अवसरमा सीले यसरी उल्लेख गर्नुभएको छ, ‘राष्ट्रपति ट्रम्प निर्वाचित भएयता, हामीले ३ पटक फोनमार्फत कुरा गर्यौं र धेरै पटक पत्र आदानप्रदान गर्यौं, जसबाट घनिष्ट सम्पर्क राखिरहेका छौँ र संयुक्त रूपमा चीन–अमेरिका सम्बन्धलाई समग्रमा स्थिर राख्न नेतृत्व गरिरहेका छौँ। केही दिनअघि, दुई देशका आर्थिक तथा वाणिज्य टोलीले क्वालालम्पुरमा नयाँ चरणको वार्ता गरे, जसले हाल आ-आफ्ना मुख्य चासोका विषयहरूको समाधान गर्न आधारभूत समझदारी बनायो, र हाम्रो आजको भेटघाटका लागि पनि आवश्यक अवस्था प्रदान गर्यो। चीन र अमेरिकाको राष्ट्रिय अवस्था फरक भएकोले केही मतभिन्नता हुनु सामान्य हो। विश्वका दुई ठूला अर्थतन्त्र भएको नाताले कहिलेकाहीँ बाझाबाझ हुनु पनि सामान्य कुरा हो। चुनौती र संकटको सामना गर्दा, मैले र राष्ट्रपति ट्रम्पले कप्तानको रूपमा दिशा निर्देशन गर्नुपर्छ, ठुलो मूल स्थिति नियन्त्रण गर्नुपर्छ र चीन–अमेरिका सम्बन्धको यो ठूलो जहाजलाई स्थिर रूपमा अगाडि बढाउन प्रत्याभूति दिनुपर्छ।’
CGTN





