भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्षको निधन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपाल विद्युत प्राधिकरणविरुद्ध आन्दोलनमा उत्रिएको नेकपा (एमाले) निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको विरोध प्रदर्शनको क्रममा मृत्यु भएको छ ।

प्रदर्शनका क्रममा भाषण गर्दागर्दै अचानक ढलेका उनलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । पटकपटक चेतावनी दिँदा पनि वर्षांैदेखिको बक्यौता रकम नबुझाएको भन्दै प्राधिकरणले रुपन्देहीका १३ ठूला उद्योगमा लाइन काटिदिएको छ ।

उद्योगीहरू पनि सरकारले प्रयोग नै नगरेको विद्युतको महशुल असुल्न खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । मन्त्री घिसिङ र प्राधिकरणविरुद्ध चर्को नाराबाजी गरेपछि उद्योगीहरुले कोणसभा गरेका थिए ।

सोहीक्रममा भाषण गरेपछि उपाध्यक्ष गौतम ढलेका थिए । उनलाई तत्काल मणिग्राम अस्पताल पुर्याइए पनि उनको देहान्त भइसकेको चिकित्सकहरुले घोषणा गरिदिए ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button