काठमाडौंमा फेरि डोजर चलाउने तयारी

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले फेरि एकपटक अतिक्रमणविरुद्धको अभियान तीव्र बनाउने जानकारी दिएका छन्। उनीहरुले सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीत बनाइएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेका छन्।

गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णय अनुसार अतिक्रमित क्षेत्र खाली गराउन सात दिने अल्टिमेटमसहित आज सूचना प्रकाशित गरिएको बताइएको छ । सूचनामा भनिएको छ, ‘महानगरपालिका क्षेत्रभित्र र काठमाडौं जिल्लासँग सीमा जोडिएका सार्वजनिक स्थानमा बनेका अतिक्रमित वा मापदण्ड विपरीतका संरचना तोकिएको म्यादभित्र नहटाए कानुनी कारबाहीका साथ डोजर चलाइनेछ ।’

यता काठमाडौं महानगरपालिकाले बालेन्द्र साह (बालेन) नेतृत्वमा २०७९ जेठदेखि नै डोजर अभियान सुरु गर्दै आएको छ । प्रारम्भिक चरणमा महानगरपालिकाले अभियान थाल्दा नागरिक र व्यवसायीबीच तनावसमेत सिर्जना भएको थियो।

महानगरले बागमती, विष्णुमती र धोबीखोला किनारका अतिक्रमण हटाउने काममा उपत्यका विकास प्राधिकरणसँग समन्वय गर्दै आएको जनाएको छ । तर यसअघिका अभियानमा कानुनी विवाद, राजनीतिक दबाब र स्थानीयवासीको प्रतिरोधका कारण धेरै स्थानमा कार्यान्वयन अधुरै रहेको छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button