विप्लवको पार्टी विभाजन, कार्यकर्ता ‘सर्प्राइज्ड’

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटेको छ । माओवादी केन्द्रसँग पार्टी एकताको विषयलाई लिएर संस्थापनसँग असन्तुष्टहरूको राष्ट्रिय भेलाले पोलिटब्युरो सदस्य चिरन सीको नेतृत्वमा केन्द्रीय कमिटी पुनर्गठन गरेको हो ।

जनवादी कलाकारसमेत रहेका सीले पार्टी एकताको विषयमा कुरा नमिलेपछि अलग हुनुपर्ने बाध्यात्मक परिस्थिति आएको बताएका छन् । वृहत कम्युनिष्ट एकताको पक्षमा उभिन उनले विप्लवलाई समेत अपिल गरेका छन् ।

‘कमरेड विप्लव, निकै मिठो हाम्रो सहकार्य भएको १३ वर्ष पूरा भएर १४ वर्षमा लाग्दैछ, एकताको विषयमा हाम्रो कुरा मिलेन’, चिरनले भनेका छन्, ‘तपाईको भूमिका बृहत कम्युनिष्ट एकता र ध्रुवीकरणमा आवश्यक छ, त्यसको निम्ति हजुरले पनि छिट्टै एकताको पहल गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु ।’

टुटफुटको लामो इतिहास बोकेको नेकपा फेरि किन फुट्यो ? आत्मसमीक्षा गर्न विप्लवलाई उनको आग्रह छ । अघि भनेका छन्, ‘यो नै नवौँ केन्द्रीय समितिको विशेष बैठकको दिशानिर्देश र आजको वस्तुगत आवश्यकताले विभाजित कम्युनिस्ट आन्दोलनलाई दिएको सन्देश हो, छिट्टै एकताको पहल गर्नुहुनेछ, फेरि छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु ।’

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरुसँग एकताको विषयलाई लिएर नेतृत्वपंक्ति अलग बनेपछि यतिबेला कार्यकर्ता भने अलमलमा परेका छन् । वैकल्पिक केन्द्रीय सदस्य अमित बुढाले पार्टीमा अर्को दुर्घटना भएको टिप्पणी गरे ।

जनआस्थासँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘मैले पनि भर्खरै थाहा पाएँ, अहिले कम्युनिष्ट एकताको आवश्यकता छ, तर कमरेडहरु कसरी छुट्टिने मनस्थितिमा पुग्नुभयो, मलाई पनि अचम्म लागेको छ, सर्प्राइज्ड भएका छाैँ।’

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button