निकोलसलाई गृहजिल्ला प्रवेशमा राेक !

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले डा.निकोलस भुसाललाई रुपन्देही प्रवेशमा रोक लगाउने घोषणा गरेको छ । रुपन्देहीको सैनामैना घर भएका उनलाई संघको जिल्ला कमिटीले जिल्ला प्रवेश निषेधको घोषणा गरेको हो । भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेता–कार्यकर्ताको घर जलाउने र घेराउ गर्नेजस्ता अराजक अभिव्यक्ति दिएकाले तत्काल पक्राउ गर्नुपर्ने माग गरिएकाे छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘केही दिनयता आफूलाई सामाजिक अभियन्ता बताउने रुपन्देही सैनामैना निवासी गजेडी निकोलस भुसाल (कमल) ले वक्तव्यमार्फत हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) का श्रद्धय अध्यक्ष क.केपी शर्मा ओलीलगायत नेता कार्यकर्ताहरुको घर जलाउने र घर घेराउ गर्नेजस्ता अभिव्यक्ति लिएको हुँदा निजलाई नेपाल प्रहरीले तत्काल पक्राउ गरी आत्माआलोचनासहित कडाभन्दा कडा कारबाही नगरेसम्म रुपन्देही जिल्ला प्रवेशमा निषेध गरी राष्ट्रिय युवा संघ नेपाल, रुपन्देही जिल्ला कमिटी कारबाही गर्न बाध्य हुनेछ ।’

कमिटीले देश विखण्डनकारी, समाज भड्काउने, अराजगता सिर्जना गर्ने, सामाजिक सञ्जालमा भड्काउ स्टाटस तथा उश्रृङ्खल अभिव्यक्ति दिने व्यक्तिहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन पनि माग गरेको छ । साथै, गत भदौ २३ र २४ गते भएको आगजनी, तोडफोड घटनामा संलग्न दोषीमाथि कारबाहीको माग गरिएको छ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button