एकीकृत पार्टीको नाम जुरेन, चुनाव चिन्ह पाँचकुने तारा

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट घटकले पार्टी एकता गर्ने सहमति गरेका छन् ।

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपाका महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

१८ बुँदे समझदारी पत्रमा एकीकृत पार्टीको नीति, सिद्धान्त, कार्यक्रम, नेतृत्व, चुनाव चिन्हलगायतका मुलभूत विषयमा सहमति जुटेको उल्लेख छ । तर, पार्टीको नाम भने खाली राखिएको छ ।

एकीकृत पार्टीमा संयोजक र सहसंयोजक रहने जनाइएको छ । एकतामा सामेल हुने सबै घटकहरूको साविकको केन्द्रीय कमिटीलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय कमिटी गठन गर्ने उनीहरूले सहमति गरेका छन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button