नेपालमा अत्याधुनिक जीन प्रयोगशाला स्थापना गर्न चीन तयार

चीनले नेपालमा अत्याधुनिक जीन प्रयोगशाला स्थापनार्थ सहयोग गर्न इच्छा जनाएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमसँग आज गरिएको शिष्टाचार भेटमा नेपालका लागि  राजदूत छन सोङले उक्त धारणा राख्नुभएको बुझिएको छ ।

भेटमा दुवै पक्षबीच भरतपुरको बीपी कोइराला क्यान्सर अस्पताल र काठमाडौंको सिभिल अस्पतालको सेवा विस्तार,आयुर्वेद र चिनियाँ परम्परागत औषधी (टीसीएम) बीचको सहकार्य,ओखतीय जडीबुटीको उत्पादन र प्रशोधन तथा आपतकालीन स्वास्थ्य सेवा सुदृढीकरणका विषयमा पनि विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ।

मन्त्री गौतमले कोभिड–१९ महामारीताका चीनले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै दुई देशबीचको स्वास्थ्य सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाइएको उल्लेख छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button