चीन अफगानिस्तानलाई सहयोग गर्न तयार छः चीनको परराष्ट्र मन्त्रालय

नोभेम्बर ४ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। सो क्रममा पत्रकारले पैचिङ समय नोभेम्बर ३ तारिख बिहान सबेरै उत्तरी अफगानिस्तानको बाख प्रान्तमा ६.३ रेक्टर स्केलको भूकम्प गएको र यसबाट कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै ६४० जनाभन्दा बढी घाइते भएको बताउनुभयो।
प्रवक्ता माउ निङले चीनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतक परिवार तथा घाइते भएकाहरूलाई समवेदना व्यक्त गरेको बताउनुभयो। साथै, चीनले अफगानिस्तान सरकारको नेतृत्वमा अफगानिस्तानी जनताले प्रकोपलाई पराजित गर्ने विश्वास लिएको र अफगानिस्तानलाई आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो।
CGTN





