झलनाथको लागि वामदेवले त्यागे वरियता

आज घोषणा भएको नेपाली कम्युनिष्ट पार्टीमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तेस्रो वरियता पाउने भएका छन् ।

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता वामदेव गौतमलगायत शीर्ष नेताहरूबीच आज बिहान भएको छलफलपछि खनाललाई तेस्रो वरियता दिने सहमति भएको हो । यसअघि एकतामा सहभागी नहुने अडान लिंदै आएका उनी वरियतामा कुरा मिलेपछि पार्टी एकता घोषणा कार्यक्रममा सहभागी हुन भृकुटीमण्डप पुगेको बताइएको छ ।

नौ दल मिलेर बनेको उक्त पार्टीमा यसअघि वामदेव गौतमलाई तेस्रो वरियता दिइएको थियो । तर, खनाल पनि एकतामा आएपछि अब उनको वरियता चौंथोमा पुगेको छ ।

एकीकृत समाजवादीलाई नै पुर्नगठन गरेर अघि लैजाने भन्दै हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका खनाल आज एकाएक एकतामा सहभागी भएका हुन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button