नवराज गुरुङ्गले छाडे उपेन्द्रको साथ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,नेपालका केन्द्रीय सदस्य नवराज गुरुङ्गले पार्टी परित्याग गरेका छन् । उनले सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन् । अध्यक्ष यादवलाई सम्बोधन गरेर फेसबुकमा स्ट्याट्स लेख्दै उनले आजको मितिबाट लागू हुनेगरी सम्पूर्ण जिम्मेवारी छोडेको घोषणा गरेका छन् ।

‘उपरोक्त विषयमा आजको मितिदेखि लागू हुनेगरी जनता समाजवादी पार्टी,नेपालको केन्द्रीय सदस्य पद र पार्टी सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउँदछु’,उनले लेखेका छन्,‘त्यस्तै आजको दिनसम्म त्यस पार्टीमा रहँदा सहयोग गर्नुहुने अध्यक्षलगायत सम्पूर्ण नेता–कार्यकर्ता साथीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button