दलका नेताहरूलाई हेर्नै नचाहेको प्रधानमन्त्रीको भनाइले चसक्क बिझेको छ : प्रचण्ड

काठमाडौं : नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री सुशीला कार्कीको भनाइले मनमा चसक्क भएको बताएका छन्।

आफूहरूको अनुहार हेर्नै मन नलागेको प्रधानमन्त्री कार्कीको अभिव्यक्तिप्रति संयोजक प्रचण्डले दुखेसो पोखेका हुन्। उनले पूर्वप्रधानन्यायाधीश समेत रहेका कार्कीलाई प्रधानमन्त्री बनाउन र चुनावको वातावरण बनाउन आफूहरूले सकेको भूमिका खेलेको बताए।

‘मिडियामा आएको कुरा थाहा छैन साँचो हो कि झुटो। हामीले चुनावको माहोल बनाउनका लागि, सुशीलाजीलाई प्रधानमन्त्री बनाउनका लागि र संविधान बचाउन खेलेको भूमिकालाई जसरी हेर्नुपर्थ्यो त्यसरी हेरिएको छैन कि? अझ उल्टो फलाना-फलाना नेतालाई त हेर्नै मन छैन भनेर भन्नुभयो रे। त्यसो भन्दा चसक्क त बिझेको छ। मलाई थाहा छैन प्रधानमन्त्रीजीले त्यस्तो भाषा भन्नुभएको हो कि होइन। आशा गर्छु त्यस्तो हुँदैन,’ उनले भने।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button