पूर्वराष्ट्रपति भेट्न गृहमन्त्री बालुवाटारमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र गृहमन्त्री ओमप्रकाश अर्यालबीच भेटवार्ता भएको छ । भण्डारीसँग कुराकानी गर्न उहाँ आज बिहान ११ बजे बालुवाटारस्थित जेठी छोरी उषाकिरण भण्डारीको निवास पुग्नुभएको थियो ।

पूर्वराष्ट्रपतिसँग भेटेर गृहमन्त्री बालुवाटारबाट निस्किसक्नुभएको छ । भंगालस्थित निवासमा गत भदौ २४ गतेको विध्वंशमा आगजनी गरिएपछि पूर्वराष्ट्रपतिको बसोबास बालुवाटारस्थित जेठी छोरी उषाकिरणको निवासमा मिलाइएको छ ।

उहाँले वर्तमान र पूर्व प्रधान सेनापतिलाई  त्यहीँ भेटघाट गरिसक्नुभएको छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button