युगाण्डादेखि न्युयोर्कसम्म: युवा मुस्लिम आप्रवासीको अमेरिकी राजनीतिमा ऐतिहासिक विजयले जनाएको विश्वव्यापी प्रतिक्रियाको रंगीन चित्र

न्युयोर्क: विश्वको राजधानी मानिने न्युयोर्क शहरको मेयर पदमा युगाण्डामा जन्मेका ३४ वर्षीय मुस्लिम आप्रवासी जोहरन क्वामे मामदानीको ऐतिहासिक विजयले अन्तर्राष्ट्रिय राजनीतिक मंचमा तूफान ल्याएको छ। उनको निर्वाचनले विश्वभर विभिन्न विचारधाराका समूहहरूबीच एकअर्काको विपरीत प्रतिक्रिया उब्जाएको छ।

ट्रम्प विरोधीहरूले यो ट्रम्पको हार, उदारवादीहरूले दक्षिणपन्थी विचारधाराको पराजय, र नेपाली पश्चिमी-दीक्षित बुद्धिजीवीहरूले आफ्नो विचारको जितको रूपमा हेरेका छन्। जेन्जीहरूले यसले आफ्नो विश्वव्यापी लहरलाई सघाउने मानेका छन् भने अखण्ड भारतवादीहरूले उनको हिन्दी भाषाको ज्ञानलाई आधार बनाएर उनलाई “अखण्ड भारतको सिपाही” घोषित गरिसकेका छन्।

मामदानीर उनकी श्रीमती रमा सवाफ द्वाजीको मुस्लिम पहिचानले इस्लामिक जेहादी समूहहरूलाई हर्षित बनाएको छ भने उनकी पत्नीको “रमा” नामले हिन्दू राष्ट्रवादीहरूलाई उत्साहित गरेको छ। मिडियाका लागि भने उनीहरूको निजी जीवनको हरेक पक्ष अब खोजीको नयाँ विषय बनेको छ।

तर यीसबै व्याख्याहरूबीच कडा सत्य के हो भने मामदानी र उनकी पत्नी एक आप्रवासीको रूपमा अमेरिकी सपनाको खोजीमा नै लागेका हुन्। उनीहरूको राजनीतिक यात्रा अमेरिकाको राष्ट्रिय स्वार्थभन्दा टाढा जाने छैन। न्युयोर्कको सफल व्यवस्थापन गरेर मात्र उनी सिनेटर, गभर्नर र राष्ट्रपतिको पदसम्म पुग्ने आफ्नो महत्वाकांक्षा पूरा गर्न सक्नेछन्।

मामदानीकोकहानीले देखाएको छ कि आधुनिक राजनीतिमा व्यक्तिको पहिचान र पृष्ठभूमिभन्दा पनि उनको राजनीतिक व्यवहारपटुताले नै दीर्घकालीन सफलता निर्धारण गर्नेछ। उनको विजय आप्रवासी सपनाको जित हो, जसले अमेरिकी राजनीतिमा नयाँ सम्भावनाको द्वार खोलेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button