बालेनविरुद्ध साइबर ब्यूरो जानेविरुद्ध नै प्रहरीमा उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध आज साइबर ब्यूरोमा उजुरी दर्ता गर्ने नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ्गविरुद्ध पनि प्रहरीमा जाहेरी विचाराधीन अवस्थामा रहेको खुलेको छ । सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गरेको आरोपमा उनीविरुद्ध २०८१ माघमा जाहेरी परेको पाइएको हो ।

एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग ‘लिभिङ टुगेदर’ मा रहेकी शोभा पाठकले गुरुङ्गसहित मंगल थापा, सुमन पुरीमाथि आफ्नो चरित्रहत्या गरेको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन् । पाठकले उनीहरुलाई तत्काल कारबाही गर्न माग गरेकोमा परिसरले कानुनबमोजिम गर्नु भन्दै साइबर शाखा पठाइदिएको थियो ।

हालसम्म पनि कारबाहीमा नपरेका उनीहरु आज साइबर ब्यूरो पुगेका हुन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button