नेकपा एमाले खजुरा गा.पा. ३ को सातौँ बैठक भब्य रूपमा सम्पन्न

खजुरा, २२ कात्तिक – नेकपा एमाले खजुरा गाउँपालिका वडा नं. ३ को वडा-स्तरीय सातौँ बैठक तथा भेला भब्य र सभ्य रूपमा सम्पन्न भएको छ।
यो कार्यक्रम वडा अध्यक्ष क. इन्द्र बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख अतिथिको रूपमा प्रदेश कमिटी सल्लाहकार क. भक्त बहादुर केसीको उपस्थिति रहेको थियो।
कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा वडा नं. ३ का इन्चार्ज दिपक अधिकारी, जिल्ला कमिटी सदस्य देउ माया मगर्नी, जिल्ला कमिटी सदस्य भिमसरा भण्डारी र जनप्रतिनिधि वडा अध्यक्ष पूर्ण बहादुर भण्डारीले विशेष अतिथिको रूपमा सहभागिता जनाउनुभएको थियो।
वडा कमिटीका सचिव चन्द्रप्रकाश भण्डारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। यस कार्यक्रमले पार्टीको वडा-स्तरीय संगठनको सशक्त रूप र एकतालाई उजागर गरेको छ।





