त्रिभुवन विमानस्थलको धावनमार्गको लाइटिङ सिस्टममा समस्या आउँदा उडान बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा वत्तीमा समस्या आउँदा उडान र अवतरण बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लाइटिङ सिस्टममा समस्या आउँदा उडान बन्द भएको हो । शनिबार साढे पाँच बजेदेखि सिस्टममा समस्या आएको हो ।

सिस्टममा आएको समस्याबारे जाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिएका छन् । जसका कारण केही जहाजलाई अन्यत्रै डाइभर्ट गरिएको छ भने केही जहाज आकाशमै होल्डमा रहेका छन् ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button