सुदन गुरुङको नागरिकताबारे सत्यतथ्य सार्वजनिक गर्न युवा संघको माग

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङको नागरिकताबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

युवा संघका अध्यक्ष क्षितिज थेबेको नेतृत्वमा बसेको पदाधिकारी बैठकले गुरुङको नागरिकताका विषयमा गम्भीर प्रश्न उठेकाले एक हप्ताभित्र सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको हो ।

युवा संघले यदि सरकारले समयमै स्पष्टता नल्याए आफैं छानबिन गरेर कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । त्यस्तै बैठकले जेनजी आन्दोलनका नाममा भएको हिंसा र ध्वंसको जिम्मेवारी लिनेहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button