दलमा हिंड्ने गुरु बा र गुरु आमालाई कस्दै महावीर

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने भएको छ । शिक्षामन्त्री महावीर पुनले आज विज्ञप्ति जारी गर्दै सरकारी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक,प्राध्यापक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न देखिए पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

उनको भनाइ छ, ‘कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिनेसम्मको कानूनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु ।’

यसअघि सुमना श्रेष्ठले पनि शिक्षामन्त्री हुँदा सामुदायिक तथा सरकारी विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीमाथि राजनीतिक दलको सदस्यता परित्यागको अभियान चलाएकी थिइन् । त्यतिबेला आठ सय बढी शिक्षकले सदस्यता त्यागेका थिए ।

मन्त्री पुनले दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रुपमा उल्लेख गरिएका शिक्षक,प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसंगठनलाई मन्त्रालयले मान्यता नदिने पनि स्पष्ट पारेका छन् ।

शिक्षक महासंघ,प्राध्यापक संघलगायत शिक्षा क्षेत्रमा क्रियाशील संघसंगठनलाई गैरराजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोहीबमोजिमको कानूनी प्रबन्धसहित पुनःगठनका निम्ति उनले आह्वान गरिएको बताएका छन् ।

साथै,आफ्नो पेशागत कर्तव्य,नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय, विश्वविद्यालय शान्ति क्षेत्रको मर्मविपरीतका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गर्न कुनै कसर बाँकी नराख्ने मन्त्री पुनको चेतावनी छ ।

यसअघि सुमना श्रेष्ठले पनि शिक्षामन्त्री हुँदा सामुदायिक तथा सरकारी विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीमाथि राजनीतिक दलको सदस्यता परित्यागको अभियान चलाएकी थिइन् । त्यतिबेला आठ सय बढी शिक्षकले सदस्यता त्यागेका थिए ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button