९ बैशाख २०८३, बुधबार

चिनियाँ विश्वविद्यालयमा संयुक्त राष्ट्र संघको झल्को, नेपाली परिकारको चर्चा

चीनको मध्य भागमा अवस्थित हुपेइ प्रान्तको राजधानी वुहानमा विश्वविद्यालयका विद्यार्थीहरुले विशेष कार्यक्रम आयोजना गरेर संयुक्त राष्ट्र संघको झल्को दिएका छन् ।

स्थानीय हुआचोङ साइन्स एण्ड टेक्नोलोजी युनिभर्सिटीमा अध्ययनरत विभिन्न मुलुकका विद्यार्थीले एउटै थलोमा आयोजना गरेको संस्कृति,भेषभुषा, रहनसहन,खानपान,विभिन्न विशेषतायुक्त विशेष कार्यक्रमबाट चिनियाँ र विदेशी विद्यार्थीहरुले आफूहरु निकै प्रभावित भएको प्रतिक्रिया दिएका छन् ।

नेपाल,पाकिस्तान,म्यानमार,थाइल्याण्ड, लाओस,इरान,अफगानिस्तान, जापानदेखि एसिया,युरोप,अफ्रिका, अमेरिका, क्यानाडा विभिन्न मुुलुकका विद्यार्थीले छुट्टाछुट्टै स्टल राखेका थिए । नेपालले झैं केही मुलुकले नेपाली स्वादका परिकार पस्केका थिए। नेपाली स्टलमा पुगेका विदेशीहरुले काँक्रो र मुलाको अचारसहितको परिकार स्वादिष्ट भन्दै तारिफ गरेका थिए ।

कार्यक्रममा कतिपय मुलुकका विद्यार्थीले परम्परागत पोशाकमा नाचगान गरेका थिए भने कतिपयले विभिन्न परिचय झल्कने सामाग्री प्रस्तुत गरेको देखिन्थ्यो । ६२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत यो विद्यालयमा १५ सय बढी विदेशी छन् । कार्यक्रममा सहभागी एकजना विद्यार्थीका अनुसार दक्षिण एसियाली मुलुकहरुबाट धेरै विद्यार्थी भए पनि यो वर्ष भारतका एक जना मात्रै छन् । नेपालका दर्जनौं र पाकिस्तानका सबैभन्दा बढी देखिएको जनआस्था डटकमले जनाएको छ।

धेरैजसो एसियाली र अफ्रिकी मुलुकका विद्यार्थीले परिकार चखाएका थिए । एक मुलुकका विद्यार्थीले अर्को मुलुकका विद्यार्थी साथीको स्टलमा गएर खाना खाएको, नाचगान गरेको माहोल निकै मनमोहक र आकर्षक देखिन्थ्यो । साउदी अरबलगायत विभिन्न इस्लामिक मुलुकका स्टल बाहिर अरबिक गीत संगीतमा नाच्नेहरु धेरै थिए।

उत्तर कोरियाली स्टलमा त्यहाँका विद्यार्थीले इच्छुकलाई आफ्नो देशको रक्सी र चुरोट चखाएका थिए । यता यमन,साउदी अरबको स्टलसँगै रहेको अजरबैजानले रक्सी चखाउने भएपछि बीचमा नेपालको स्टल राखेर रक्सी चखाउने र रक्सी बर्जितहरु सँगसँगै नराख्ने बीचको बाटो अपनाइएको थियो ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button