नेपालमा चालु वर्षको मनसुनमा भएको प्रकोपमा परी १४० जनाको मृत्यु

नोभेम्बर ११ तारिख, नेपाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकारणले एउटा प्रतिवेदन जारी गरेको छ। सो प्रतिवेदन अनुसार, चालु वर्षको मनसुनमा मुसलधारे वर्षाका कारण भएका विभिन्न विपत्तिहरूबाट देशभर १४० जनाको मृत्यु भएको छ, साथै ३० जना बेपत्ता र लगभग ३ सयजना घाइते भएका छन्।
सो प्रतिवेदन अनुसार, मुसलधारे पानीको कारणले भएका १,४५४ प्रकोपमा भू-स्खलन वा पैह्रोबाट सबैभन्दा धेरै मानवीय क्षति भएका छन्, जसकारण ६७ जनाको मृत्यु भएको छ। भेल बाढी प्रकोपबाट ३७ जना र चट्याङबाट २९ जनाको मृत्यु भएको छ र लगभग ६ हजार घरपरिवार विभिन्न प्रकोपबाट प्रभावित भएका छन्।
चालु वर्ष नेपालमा मनसुन मे २९ तारिखदेखि अक्टोबर १० तारिखसम्म थियो।
CGTN





